अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

मुल्यवृद्धि तथा न्यायलय विरुद्ध गरीएको हस्तक्षेपको विरोधमा तरुणदल सडकमा उत्रियो

news

कला राना
वालिङ, १२ आषाढ
नेपाल तरुण दल वालिङ नगरसमितिले मुल्यवृद्धि तथा न्यायलय विरुद्ध गरीएको हस्तक्षेपको विरोध गरेको छ । तरुणदलले  कागे्रस पार्टी कार्यालयबाट वालिङ मोडसम्म विरोध जुलुस गरी सरकारको लम्पसारबाद, अरुण तेस्रोको सम्झौता, नेपालको सुरक्षामाथिको अविश्वासलगायतका विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेको हो । 
वालिङ मोडमा गरिएको कोणसभामा बोल्दै नेपाल शिक्षक संघका क्षेत्रिय सभापति एवं तरुण नेता डण्डपाणी पंगेनीले वर्तमान सरकारले जनताको हित विपरित काम गरेको उल्लेख गर्दै सरकारलाई सत्ताको मोह बढकोले हिटलहर र गद्दाफीको हालत हुने चेतावनी दिनुभयो । कार्यक्रममा नेविसंघका जिल्ला कोषाध्यक्ष धु्रव पंगेनीले समेत पछिल्लो समय जनतालाई मर्कामा पार्ने गरीएको दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि अस्वभाविक रहेको बताउनुभयो । तरुणदलका नगर अध्यक्ष आशिषप्रताप खांणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन फणिनारायण रेग्मीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...