अहिले तरंगमा

Desh Paradesh

केहि छिनमा

Nepal Bani Khabar

समाचार

प्रभावकारी सञ्चार र उदघोषण प्रशिक्षण अर्जुनचौपारीमा

news

रेडियो, आँधीखोला
वलिङ १२, आषाढ ।
याङजाको अर्जुनचौपारी गाउँपालिकाद्धारा १० दिने प्रभावकारी सञ्चार र उदघोषण प्रशिक्षण आज सम्पन्न भएकोे छ । गाउँपालिकाले स्थानीय युवाहरुको क्षमता अभिवृद्धि गरी नेतृत्व विकास गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरेको हो । ३ तहमा रहेको सरकारले स्थानीय तहलाई समेत सञ्चार गृह खोल्ने अनुमति दिईएपछि युवाहरुलाई सञ्चारमा दक्ष बनाउने गाउँपालिकाले जनाएको छ । 
तालिमको समापन गर्दै गाँउपालिका अध्यक्ष दिर्घनारायण अर्यालले युवाहरुलाई सञ्चार क्षेत्रमा दक्ष बनाउने हेतुले तालिमको आयोजना गरेको भन्दै तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष चिनुमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत प्रकाश पौडेल, पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्ले, सहभागि गायत्री जिसीलगायतले बोल्नुभएको थियो । २० जनाको सहभागिता रहेको तालिममा  विश्व पौडेल, भवानीप्रसाद शर्मा, रमेश गोदार, प्रमोद गुरुङ, विनोद घताने, विक्रम परियारलगायतले सहजीकरण गर्नुभएको थियो  । वडा सदस्य रिता दर्जीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालक नविन पौडेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...