अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आर्दश माविद्धारा आफ्ना एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

news

रेडियो, आँधीखोला
वलिङ १२, आषाढ ।
नेपाल आर्दश मावि वालिङले एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । जिल्लामै उत्कृष्ट नजिता ल्याउ सफल विद्यालयले मंगलबार विद्यालय प्राङगणमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रिन्सीपल होमकान्त गौतमले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुको मेहेतनले विद्यालयले एसईईमा राम्रो नजिता ल्याउन सफल भएको भन्दै विद्यार्थीहरुलाई आगामी दिनहरुमा समेत लगनशिल भएर अध्ययनमा लाग्न आग्रह गर्नुभयो ।  विद्यालयबाट संकल्प पौडेल, दिपेश तिवारी र सन्देश  खनालले ३.९ जिपिए प्राप्त गरेका छन् भने संदिप रिमाल र अनुश्रुति गैह्रेले ३.७० जिपिए प्राप्त गरेका छन् । त्यस्तै ए ग्रेडमा १७ जना, बि प्लसमा ९ जना, बि मा ४ जना, सि प्लसमा १० जना र सिमा १ जना गरी ४६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भाईस प्रिन्सीपल अर्जुन कंडेल, शिक्षक तथा अतिरिक्त कार्यक्रम संयोजक टिकराज गुरुङले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...