अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

जर्मनीको भाग्य स्वीडेन र मेक्सिकोको खेलमा निर्भर

news

 
असार १३, 
विश्वकप फुटबल अन्तर्गत बुधबार समूह एफका मेक्सिको र स्वीडेन भिड्दैछन् । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई समेत पराजित गरेको मेक्सिको उच्च फर्ममा रहेको छ । उ अहिले  तालिकामा २ खेल्नै जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । जसले गर्दा आजको खेलको नतिजाले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्ने छ ।
 
आजको खेलमा मेक्सिकोले स्वीडेनलाई बराबरीमा रोके समूह विजेता बन्दै प्रि क्वार्टर फाइनलमा प्रवेश गर्ने छ । आजै अन्तिम चरणको खेलमा जर्मनी र दक्षिण कोरिया  पनि भिड्न लागेकाले यदि मेक्सिको पराजित भएमा उसलाई अप्ठेरो पर्ने छ । जर्मनीको ३ अंक हुँदा स्वीडेनको पनि ३ अंक मात्रै रहेको छ । जसले गर्दा यो समूहमा अन्तिम १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलको समाप्तिसँगै हुने छ ।
 
इकाटेरिङ बर्ग एरेनामा मेक्सिको विरुद्धको खेलमा स्वीडेनलाई प्रि क्वार्टर फाइनलपुग्न ठूलो गोल अन्तरको जितआवश्यक छ । पछिल्लो खेलमा जर्मनीसँग पराजित भएको स्वीडेनले आजको खेलमा मेक्सिकोलाई ठूलो गोल अन्तरले पराजितगर्न सके जर्मनी समूह चरणबाटै घर फर्कन बाध्यहुने छ ।
 
तर त्यसैको ठीक उल्टो आजको खेलमा मेक्सिको धेरै गोल अन्तरले पराजितहुँदाअर्को खेलमा जर्मनी विजयी भए प्रतियोगितामा लागातार दुई खेल जितेर पनि प्रि–क्वार्टर फाइनलमा नपुग्ने अभागि टिम पनि मेक्सिको हुन सक्ने सम्भावना उत्तिकै छ । जसले गर्दा आज राति पौने ८ बजे हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
 
मेक्सिकोका किपर ग्वीलेरमो ओचाओले पत्रकार सम्मेलनमा भने, हामी फुटबल कसरी खेल्ने भन्ने राम्रोसँग बुझेका छौँ, त्यसका आधारमा हामी बुधबार स्वीडेन विरुद्ध खेल्ने छौं ।उज्यालो साभार

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...