अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

शिक्षिका र छात्रालाई सेनेटरी प्याड बनाउने तालिम

news

रेडियो आँधीखोला
वालिङ १६, आषाढ ।
महिनावारी भएका बेला महिला विद्यार्थीलाई विद्यालयमा असहज महशुष हुन थालेपछि वालिङ नगरपालिका भित्र रहेका सामुदायीक र नीजि २७ विद्यालयका शिक्षिका र छात्रालाई दुई दिने सेनेटरी तालिम शुरु भएको छ । महिनावारी भएका बेला पुन ः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउने प्रयोगात्मक तालिम शुरु भएको हो । महिला वालवालिका तथा जेष्ठ मन्त्रालयको सहयोग र विसवास भन्ने संस्थाको साझेदारमा २७ विद्यालयका एक शिक्षिका र एक छात्रालाई उक्त तालिम प्रदान हुने छ । कक्षा ७ देखि १० सम्मका अध्ययनरत छात्राहरु महिनावारी भएका बेला विद्यालय नजाने र छाड्ने समस्या आएपछि यसको न्युनिकरणका लागि प्याड बनाउने तालिम उपलव्ध गराउन खोजीएको वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । 
शिक्षा र स्वास्थ्य सगँ जोडिएको महिला विद्यार्थीको लागि यो समस्या निकै विकराल बन्दै गएको छ । शौचालयको अभाव त्यसैमा पनि महिनावारी भएका बेला महिला विद्यार्थीलाई चाहिने च्येन्जीङ रुम नहुँदा छात्राहरुले निकै समस्या झेल्न बाध्य छन् । यसलाई व्यवस्थीत बनाउन महिला विद्यार्थीलाई मिहिनावारी भएका बेला पनि विद्यालय जान सक्ने सहज बातावरण बनाउन यो सेनेटरी प्याड बनाउने तालिम उपयागी हुने उपप्रमुख तिवारीको भनाई छ । तालिम उदघाटनमा नगरपालिकाका प्रवक्ता केदार काफ्ले, वडा नं. ८ का अध्यक्ष कमलप्रसाद सुवेदी, नगरपालिका शिक्षा शाखाका निमप्रसाद पौडेल, विसवास संस्थाका मिनबहादुर थापा लगायतका बक्ताहरुले तालिममा सहभागी भोलीका प्रशिक्षक हुने भएकाले तालिमको सदुपयोग भन्दा पनि प्रयोगात्मकमा ध्यान दिन आग्रह गर्नुभयोे । 
हरेक विद्यालयका एक एक जना छात्रा र शिक्षिकालाई यो तालिम उपलव्ध गराएपछि तालिमको उपयोग सोही विद्यालयमा गर्ने गरी यो तालिम आयोजना गरिएको हो । तालिम शिक्षा र स्वास्थ्य सगै व्यवसायी पनि हुन सक्ने अपेक्षा गरिएको छ । २७ छात्रा विद्यार्थी र २७ महिला शिक्षिका तालिममा सहभागी भएका छन् । सहभागीहरुलाई प्रयोगात्मक तालिम विसवास संस्थाकी सरस्वती काफ्ले प्रशिक्षण दिने छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...