अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

गल्याङ १० मा १ घर १२ फलफुलको अवधारणा

news

रेडियो आँधीखोला
वालिङ १६, आषाढ ।
ग्रिन वडाको अवधारणाका साथ अगाडि बढीरहेको स्याङजाको गल्याङ नगरपालिका वडा नं. १० लाई फलफुलमा आत्मनिर्भर हुने उद्देश्यले विभिन्न प्रजातिका फलफुलका विरुवाहरु वितरण गरिएको छ । ३ सय ५० घरधुरी रहेको वडामा १ घर १२ फलफुल कार्यक्रम अन्र्तगत निशुल्क रुपमा विरुवाहरु वितरण गरिएको वडा अध्यक्ष धुव्रप्रसाद शर्मापंगेनीले बताउनुभयो । १२ फलफुल मध्ये ८ कागती, १ लिचि, २ आँप, १ अनार गरी प्रत्येक घरलाई १२ विरुवाहरु वितरण गरिएको अध्यक्ष पंगेनीले बताउनुभयो । 
आँफैले उत्पादन गरेका अर्गानीक फलफुल घ¥यासी प्रयोजन तथा व्यवसायीक रुपमा समेत अगाडि बढाउन सकिने उहाँले बताउनुभयो । कागतीलाई व्यवसायिक रुपमा अगाडि बढाउने योजना रहेको भन्दै अध्यक्ष पंगेनीले भन्नुभयो, “आगामी ४ वर्षभित्र १ घर ३० कागतीका बोटहरु हुनेछन् ।” विभिन्न रोगलाई समेत निर्मुल पार्ने स्वास्थ्यका दृष्टिकोणले निकै फाईदाजन कागतीको व्यवसायीक उत्पादनका लागी कृषकहरु उत्साहित भएका छन् । यसरी कागतीकै माध्यमबाट कागती वडाको रुपमा समेत विकास गर्ने योजना गरेको उहाँले बताउनुभयो । 
फलफुलका विरुवाहरु प्रत्येक घरले अनिवार्य रुपमा लगाउनैपर्ने भनिएको छ । तरकारी तथा फलफुलका लागी आवश्यक जमिन नभएको स्थानीयका लागी वडाले जग्गा भाडामा मिलाईदिने व्यवस्था गर्ने भन्दै अध्यक्ष पंगेनीले भन्नुभयो, “वडाबासी कोहीले पनि गरिखाने जग्गा भएन् भन्ने सुचना वडा कार्यालयमा आउनसाथ तत्काल जमिनको व्यवस्था हामी गर्नेछौँ” । वितरित विरुवाहरुको संरक्षण तथा गोडमेलका सम्बन्धमा वडाले अनुगमन गर्ने उहाँको भनाई छ । आगामी साउन १ देखि नै हरेक घरमा दैनिकी कापी हुने र त्यसमा प्रत्येकले के कति निर्यात गरे भन्ने विषयमा समेत अपडेट गर्नुपर्ने व्यवस्था मिलाईने पंगेनीले बताउनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...