अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

पहिरोले पुरिएर एकै परिवारका ४ को मृत्यु

वालिङ, १९ भाद्र ।
शनिबार राति मुसलधारे पानीसँगै खसेको पहिरोले पुरिएर स्याङ्जाको केवरेभञ्ज्याङ ७ ताप्केमा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार राति साढे १ बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरिएर ७८ वर्षिया चन्द्रकुमारी सारु, निजकी नातिनी ३० वर्षिया हुमकला मश्राङ्गी, हुमकलाकी छोरी वर्ष ७ की पुनम मश्राङ्गी र वर्ष १ को छोरा मिलन मश्राङ्गीको ज्यान गएको हो ।
वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले पहिरोमा पुरिएका शव निकालेको थियो ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...