अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

पशुमा माटे रोगको प्रकोप, निशुल्क पशु शिविर

news

रेडियो आँधीखोला
वालिङ १६, आषाढ ।
स्याङ्जाको वालिङ ९ मा पशुहरुमा माटे जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं. ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा माटे रोग देखा परेको हो । पशुमा लाग्ने रोग पत्ता लगाउन र निराकरण गर्न सहकारीले संचालन गरेको शिविर बाट पशुमा माटे जुकाको रोग देखिएको प्राविधिकहरुले बताएका छन् । बर्षायामको समयमा पशुलाई चिसो र शंखे किरा लागेको घासपात खुवाउदा माटे जुका रोग लाग्ने गरेको पशु प्राविधिक डोलराज गैह्रेले बताउनुभयो । 
शिविरमा पशुको गोवर परिक्षण गर्न ल्याउने करिव ८० प्रतिशत पशुमा नाम्ले माटे जुका रोग भेटिएको बताइएको छ । यसको रोगथाम गर्नका लागि सहकारीले किसानहरुलाई निशुल्क औषधी समेत वितरण गरेका सप्तरङ्गी सहकारीका अध्यक्ष तारा भुषालले जानकारी दिए । शिविरमा करिव ३ सय ६५ किसानले ल्याएको पशुको गोवर परिक्षण गरिएको थियो । नागरिकको शिविर बेला बेलामा हुने गरेपनि पशुको शिविरमा भने सरकारको खासै ध्यान नगएका बेला सहकारीले पशु शिविर राखेर यहाँका किसानको खुशी र पशुको आयु बढाउने काम गरेको वालिङ नगरपालिकाका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डेले बताउनुभयो । 
शिविरको उदघाटन समेत गरेका शाखा अधिकृत पाण्डेले व्याक्ति मात्रै स्वास्थ्य रहेर समाज रुपान्तरण नहुने भन्दै पशुको स्वास्थ्य प्रति पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । नगरपालिकाको कृषि क्षेत्रको अगुवाई गर्न यो सहकारीलाई सफलता मिल्नेमा समेत विश्वास पाण्डेले व्यक्त गर्नुभयोे । शिविर उदघाटनमा कृषि विकास बैंक क्षेत्रिय प्रमुख महोदत्त शर्मा, सहकारीका अध्यक्ष तारा भुषाल, नगरस्तरीय पशु शाखाका प्रमुख हुमनारायण श्रेष्ठ, निलकण्ठ गैह्रे, कमल गैह्रे लगायतका बक्ताहरुले शिविरको लाभ उठाउन किसानहरुलाई आग्रह गर्नुभयो । सप्तरङ्गी सहकारी पशु सुरक्षण उपसमितिका संयोजक रविलाल गैह्रेको सभापतित्वमा शिविरको उदघाटन सत्र सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...