अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान

news

रेडियो आँधीखोला
वालिङ १६, आषाढ ।
अनेरास्ववियू तथा अनेरास्ववियू क्रान्तीकारी सयुक्त जिल्ला कमिटि स्याङजाले एसइइ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुको उज्जवल भविष्यको कामना सहित अध्ययनमा थप प्रेरणा थप्ने हेतूले शनिबार वालिङमा एक कार्यक्रमको आयोजना गरी एसईईमा २.४ जिपिए भन्दा माथि जिपिए ल्याई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरिएको हो । 
विद्यार्थीहरुलाई सम्मान गर्दै नेकपाका केन्द्रिय अनुसाशन आयोगका सदस्य चक्रबहादुर पराजुलीले देशको परिर्वतनमा युवा विद्यार्थी नै निर्णायक हुँने हुँदा मुलुकमा सृजनशील आन्दोलनको आवश्यकता रहेको हुँदा सयुक्त विद्यार्थी संगटनले सृजनात्मक नेतृत्व गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई अझ बढी लगनशील तथा अध्ययनशीलताका साथ आगामी अध्ययनलाई पुरा गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेकपा संयुक्त कार्यदलका सदस्यहरु शैलेन्द्र घिमिरे, उदय श्रेष्ठ, प्रकाश न्यौपाने, शिक्षक संगठनका केन्द्रिय सदस्य यामबहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका पर्शुराम लम्साल, अनेरास्ववियूका पुर्व अध्यक्ष विकास लम्साल, जिल्ला खेलकुद समिति अध्यक्ष मोहन खनाल, अनेरास्ववियू केन्द्रिय सदस्य रिता ढकाल, क्रान्तीकारीका पुर्व सचिवालय सदस्य सविना कार्की, सिटीभिटी राष्ट्रिय कमिटि पुर्व अध्यक्ष मेघनाथ चापागाँईलगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । 
सम्मान कार्यक्रममा करिव ७ सय जना विद्यार्थीहरु सम्मानित भएका छन् । आयोजक सम्मेलन कमिटि अध्यक्ष विश्वनाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजक कमिटि सदस्य नवराज भुसाल र स्वगत क्रान्तीकारी केन्द्रिय सदस्य सागर अर्यालले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...