अहिले तरंगमा

Lok Chaoutari

केहि छिनमा

Aandhikhola Khabar

समाचार

वालिङमा रक्तदान, ८३ जनाले गरे रक्तदान

news

रेडियो आँधीखोला
वालिङ १६, आषाढ  ।
रक्तदान जिवनदान भन्ने नाराका साथ वालिङ बोलबम समितिले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले रगतको अभावमा कसैलाई पनि समस्या नपरोस भन्ने हेतूले बोलबम समिति वालिङले हरेक वर्ष रक्तदानको आयोजना गर्नु निकै नै सराहनीय रहेको बताउनुभयो । साथै उहाँले समितिले विभिन्न प्रकृतिका विपत्तिमा परेकालाई सहयोग गर्नु तथा विभिन्न रचनात्मक कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।  कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधाण गरी ८३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष दिपेन्द्र तिवारीले बताउनुभयो । संकलित रकत पोखरा पठाईएको छ । समितिले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम समितिका प्रवक्ता युवराज गौतमले सञ्चालन गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...