अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिहरु सुधार्न प्रयत्नशिल छु ः राज्यमन्त्री अर्याल

news

 
तोलाकान्त बगाले
वालिङ २३ आषाढ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमाकुमारी अर्यालले स्वास्थ्यका क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्य गरी सुधारिएको मन्त्रालय बनाउनेमा आँफु प्रयत्नशिल रहेको बताउनुभएको छ । शनिबार स्याङ्जाको वालिङमा प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर नेपाल स्याङ्जा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राज्यमन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यको क्षेत्रमा देखिएका समस्याहरुको समाधानकालागि निरन्तर लागिपरेको बताउनुभएको हो ।
“स्वास्थ्यका क्षेत्रमा धेरै चुनौतिहरु मध्ये कर्मचारीको दरबन्दी पनि एक हो” स्वास्थ्य राज्यमन्त्री अर्यालले भन्नुभयो, “आफ्नो दरबन्दी एकातिर राखेर विदेश पढ्न जाने तर उक्त ठाउँमा अर्को कर्मचारी नहुने भएकाले सर्वसाधारणलाई सेवा लिन निक्कै कठिनाई भएको महशुस भएको छ यस विषयमा म गम्भीर छु ।” कर्मचारीको जहाँ दरबन्दी हो सोही ठाउँमा अनिवार्य सेवा गर्नुपर्छ होईन भने राजीनामा दिएर बाटो खाली गरिदिनुपर्छ यो नियमलाई कडाईकासाथ लागू गर्ने तयारीमा मन्त्रालय रहेको राज्यमन्त्री अर्यालको भनाई थियो ।
“राज्यले दिएको छात्रबृत्तिमा अध्ययन गर्ने तर राज्यले खटाएको ठाउँमा नजाने जुन प्रबृत्ति छ यसको अब अन्त्य हुन्छ” राज्यमन्त्री अर्यालले भन्नुभयो, “कर्मचारीलाई पाँच वर्षभन्दा बढी उपत्यका बस्न नपाउने नियम बनाउनकालागि छलफल भईरहेको छ ।” सरकार प्रत्येक पालिकामा एउटा अस्पताल र प्रत्येक वडामा एउटा स्वास्थ्यचौकी बनाउने गरी अगाडि बढेको बताउँदै राज्यमन्त्री अर्यालले स्वास्थ्यका क्षेत्रमा सर्वसाधारणले परिवर्तनको अनुभूति पाउने गरी कार्य हुनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
“कर्मचारीले सरकारले गरेका निर्णयलाई तलमाथि नहुने गरी कार्यान्वयन गर्ने हो” राज्यमन्त्री अर्यालले भन्नुभयो, “डा. गोविन्द केसीले राज्यप्रति पटक पटक यस्तो प्रबृत्ति देखाउनु शत प्रतिशत गलत हो ।” डा. केसीका मागप्रति सरकार केहीमा सहमत भएपनि मेडिकल कलेज खोल्न नदिने प्रति भने सहमत हुन नसक्ने दाबी राज्यमन्त्री अर्यालको थियो ।
अनसनरत गंगामायाको विषय द्वन्द्वसित जोडिएको हुनाले जटिल र संवेदनशिल रहेको उहाँको भनाई थियो । उहाँले यो राज्यको समस्या भएकाले यसको समाधान हुनेमा आँफु विश्वस्त रहेको बताउनुभयो । देउवा सरकारले गरेका निर्णयहरु खारेज गर्ने कुरा छलफलको विषय भएको तर निर्णय भईनसकेको राज्यमन्त्री अर्यालको भनाई थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...