अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्थानिय तहमा पंचायती अवस्था कायमैः मुख्यमन्त्री गुरुङ

news

कला राना
वालिङ २४ आषाढ । 
प्रदेश नं. ४ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ्ले स्थानिय तहमा पंचायती अवस्था कायमै रहको बताउनु भएको छ । स्याङजाको पुतलिबजार नगरपालिका र चेम्बर अफ कमर्श स्याङ्जाले गरेको आर्थिक बहस कार्यक्रममा पुतलिबजार नगरपालिकाको बर्तमान अवस्था, सम्भावना र चुनौतीहरु बिषयक कार्यक्रममा  बोल्दै नियम एउटा र काम अर्को ढंगले गर्ने गरेको बताउनुभयो ।
 
उहाँले असार १० सम्ममा स्थानिय तहमा निति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने रहेपनि हाल सम्म हुन नसकेको बताउनुभयो ।  उहाँले पुतलिबजारको आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलस्रोतको व्यवस्था मिलाएमा आर्थिक बहसले सार्थकता पाउने बताउनुभयो । उहाँले रोजगारीको सृजना, गरिबी कम, बेरोजगारको अन्त्य गर्न सक्ने योजनालाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।  आर्थिक समृद्धिको लागि शिक्षामा आमुल परिवर्तन आवश्यक रहेको बताउदै गुरुङ्ले ५ बर्ष भित्र ७० प्रतिशत शिक्षा प्राबिधिक शिक्षा हुने बताउनुभयो ।
 
कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनी, पर्यटन सहसचिब बुद्धिसागर लामिछाने, चेम्बर अफ कर्मशका उपाध्क्ष दिपक मलहोत्रा, नवराज ढकाल, ब्यवसायी भानु पोख्रेल, बातावरण बिद धनन्जय रेग्मी, अम्बिका ढकाल, बिश्व पौडेल, दिपक लम्साल, चेम्बर अफ कमर्शका अध्यक्ष नन्दकुमारी लम्साल लगायतले आर्थिक बिकासमा रोडल म्यापको खाचो रहेको बताएका थिए । नगर प्रमुख सिमा कुमारी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कमर्शका महासचिब लोकनाथ रग्मीले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...