अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

अमिलिथुम प्रावि परिसर घ्याङलीङमा वृक्षारोपण

news

कला राना
वालिङ २४ आषाढ ।
दाह्री ग्याङ स्याङजाले शनिबार वालिङ नगरपालिका ८ स्थित अमिलिथुम प्रावि परिसरमा वृक्षारोपण गरेको छ । विद्यालय परिसरमा रहेका खाली भु–भागमा वातावरणीय पर्यावरणमा सघाउ पुग्ने हेतूले विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको संयोजक ज्ञानेन्द्र पाठकले बताउनुभयो । वृक्षारोपणको सुभारम्भ गर्दै वडा अध्यक्ष कमलप्रसाद सुवेदीले समुहले प्राकृतिक घटनाहरुको न्युनिकरण तथा विद्यालयलाई हराभरा बनाउले हेतूले गरेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । समाज सुधार तथा रचनात्मक समाज निर्माणका लागी यसरी स्थानीय स्तरबाटै पहल हुनु निकै राम्रो पक्ष भएको बताउनुभयो । अमला, धुपी, सल्ला गरी ५० विरुवाहरु रोपण गरिएको छ ।  
उता वालिङ ८ काफलडाँडाका स्थानीयलाई सुुन्तलाका विरुवाहरु वितरण गरिएको छ । एक गाउँ एक फलफुलको अवधारणाका साथ वडाले त्यहाँका स्थानीयलाई विरुवाहरु वितरण गरेको हो । कुल ४४ घरधुरीलाई प्रतिघरपरिवार १० वटाका दरले विरुवा वितरण गरिएको वडा सदस्य अनन्तराज शर्मापंगेनीले बताउनुभयो । कम मेहेनत र कम लगानीले पुग्ने सुन्तलालाई  व्यवसायिक रुपमा अगाडि बढाई आर्थिक रुपमा सवल हुन पंगेनीले स्थानीयलाई आग्रह गर्नुभयो । स्थानीयले सुन्तलाखेति प्रति चासोका साथ लागिपरेका खण्डमा अन्य प्राविधिक सहयोग समेत गर्ने पंगेनीले बताउनुभयो
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...