अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

नेविसंघद्धारा गल्याङको पिडिखोलामा एसईई उत्तिर्ण विद्यार्थी सम्मान

news

कला राना
वालिङ २४ आषाढ ।
नेपाल विद्यार्थी संघ नरोदय मावि ईकाइसमिति पिडिखोला ६ गल्याङ स्याङजाले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । एसईई पछीको अध्ययनमा थप प्रोत्साहन गर्ने उद्देश्यले नेविसंघ ईकाइ समितिले ५० जना एसईई विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यार्थीहरुलाई सम्मान गर्दै नेपाल शिक्षक संघका क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष तथा युवा नेता डण्डपाणी पंगेनीले विद्यार्थी वास्तबमै देशको संवाहक, देशको मेरुदण्ड भएकाले उनीहरुलाई एक असल, राष्ट्रप्रति बफादार नागरिकको रुपमा स्थापित गर्न शिक्षाले निकै ठुलो भुमिका खेल्ने बताउनुभयो । 
कार्यक्रममा कागे्रसका वडा सभापति जायश्वर पाण्डे, नेविसंघका जिल्ला कोषाध्यक्ष धु्रव पंगेनी, नेविसंघ साविक क्षेत्र नं. ३ का अध्यक्ष धनराज पौडेल, सिता चापागाँई, भुपति भुसाल, प्रेम रेग्मी, कमल कुँवर, प्रदिप पाण्डे, दिक्षान्त खांण, रेश्मी न्यौपाने, दिप गुरुङलगायतले नेविसंघ विद्यार्थीहरुको हरेक हकअधिकारको लागी अडिग रहेको बताउनुभयो । भोजराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वगत युवराज सुवेदी र सञ्चालन खिम चापागाँईले गर्नुभएको थियो । 
यसैबीच कागे्रसकी क्रियाशिल सदस्य स्व. खगिसरा वुढाको ५औँ दिनको पुण्यतिथिमा गल्याङ ६ ले शोकसभा गरेको छ । स्व.बुढाको शोकसभामा बोल्दै युवा नेता डण्डपाणी पंगेनीले स्व. बुढाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको भन्दै गहिरो समवेदान प्रकट गर्दै श्रद्धान्जली व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सभापति जायश्वर पाण्डेले स्व. बुढा पार्टीको अग्रज नेतृत्व भएकाले उहाँका विचार, सपना पार्टीले पुरा गर्ने बताउनुभयो । स्व. बुढाको ८२ वर्षको उमेरमा निधन भएको हो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...