अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

पितृमुक्ति भूमिदान धार्मिक मेलाको आयब्यय सार्वजनिक

वालिङ, १९ भाद्र ।
स्याङजाको वालिङमा सञ्चालित पितृमुक्ति भूमिदान धार्मिक मेला २०७३ को आयब्यय सार्वजनिक गरिएको छ । विश्व जागरण महाअभियान ट्रष्ट तथा यज्ञ सम्पादन मुल समिति वालिङ स्याङजाको संयुक्त आयोजनामा भाद्र ६ गतेदेखि १६ गतेसम्म सञ्चालित उक्त महायज्ञमा कूल २४ लाख ३४ हजार ४ सय ६६ आम्दानी भएकोमा १५ लाख ५४ हजार १ सय ४५ रुपैयाँ खर्च भई कूल ८ लाख ८० हजार ३ सय २१ रुपैयाँ बचत भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । बचत भएको रकममध्ये आधा ४ लाख ४० हजार १ सय ६० रुपैयाँ देवघाटधाममा निर्माणाधिन अवस्थामा रहेको आवासीय गुरुकुलमकालागि र बाँकी ४ लाख ४० हजार १ सय ६० रुपैयाँ वालिङमा रहेको केदारनाथ मन्दिरको जिर्णोद्धारकालागि खर्च गरिने लेखा समिति संयोजक भुपराज बगालेले बताउनुभयो । विनाशकारी भूकम्पबाट असहाय तथा अनाथ बनेका बालकालिकाहरुकालागि देवघाटधाममा निर्माण प्रारम्भ गरिएको आवासीय गुरुकुलम निर्माण एवं केनारनाथ मन्दिर वालिङको जिर्णोद्धार गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा ईश्वरकृष्ण भुर्तेलले कथा बाचन गर्नुभएको थियो ।