अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

विश्वकपको सेमिफाईनल मंगलबारदेखि, फान्स र बेल्जियम फाईनलका लागी भिड्ने

news

काठमाडौ, 
आषाढ २४ ।
विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् । यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ ।
बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समयअनुसार पौने १२ बजेदेखि रुसको मःकोःिथत लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समयअनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ ।
क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । क्वार्टरफाइनलमा ६ युरोप र २ दक्षिण अमेरिकी टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् । २० संस्करणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् । युरोपमा अब १२औं विश्वकप उपाधि हुने भएको छ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...