अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

पुतलीबजार नगरपालिकाले तयार ग¥यो, जातिय संस्कार तथा संस्कृतिको डकुमेन्ट्री

news

कला राना,
वालिङ ३१ आषाढ ।
स्याङजाको पुतलीबजार नगरपालिकामा बसोबास गर्ने विभिन्न जातजातिहरुको संस्कार तथा संस्कृति समेटिएको सामाजिक सांस्कृतिक अध्ययन डकुमेन्ट्री विमोचन गरिएको छ । नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिको परम्परागत रहन, सहन, रितिरिवाज, लवाईखवाईलगायतका विषय समेटिएको डेढ घण्टा लामो डकुमेन्ट्री विमोचन गरीएको हो । डकुमेन्ट्रीको विमोचन गर्दै प्रतिनिधि सभा सांसद नारायण मरासिनीले पुतलीबजार नगरपालिकाले मुलुकमै ऐतिहासिक कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।
हाम्रो मुलुक बहुजाति बहुभाषाले भरिएको देश भएकाले हाम्रो छुट्टै शान, मान र पहिचान भएको बताउँदै नगरपालिकाले गरेको यो कार्य निकै सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख सिता सुन्दास, जिल्ला न्यायधिस रमेशकान्त अधिकारी, नेकपाका लोकराज शर्मा, कागे्रसका कुमार रानालगायतले नगरपालिका तथा खोजअनुसन्धानप्रति खटिएको संस्था साभ नेपालको टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अनुसन्धानकर्ता तथा साभ नेपालका अध्यक्ष तुलसी प्रभासले नगरपालिकाभित्र रहेका मध्ये धेरै जनसंख्या ब्राम्ह्ण जातिले ओगटेको भन्दै क्षेत्री, मगर, गुरुङ, कामी, सार्की, दमाई, नेवार, गन्र्धव, मुस्लिम, कुमाल, माँझीलगायत २७ जातजातिकाको बसोबास गरेको बताउँदै प्रतिवेदन प्रस्तत गर्नुभयो ।
प्रभासले डकुमेन्ट्री तयारीका लागी ३ महिना समय खर्चेको बताउँदै २६ जातिको जन्मदेखि मृत्यु संस्कार, उनीहरुको हरेक पुजापाठ, चाडपर्व, उत्सवलगायत संस्कृतिका विषयमा डकुमेन्ट्रीमा हेर्न तथा सुन्न सकिने बताउनुभयो । साभ नेपालले अनुसन्धान, सेमिनार तथा गोष्ठीहरुद्धारा सम्बन्धीत समुदाय, वर्गलाई उत्थान गर्न सघाउ पु¥याउँदै आएको छ । पुतलीबजार नगरप्रमुख सिमा क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख महेश पुरी र सञ्चालन प्रवक्ता ख्यामनारायण अधिकारीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...