अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

विश्वकप फाईनल आईतबार राति पौने ९ बजे

news

विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल । आइतबार राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ । यो खेलले सन् १९९८ को एउटा सेमिफाइनल खेलको सम्झना दिलाउनेछ । युरोपेली टोलीहरु फ्रान्स र क्रोएशिया उपाधिका लागि खेल्दैछन् । फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ ।

एन्टोइन ग्रिजम्यानले भनेका छन् कि आइतबारको विश्वकप फाइनल एउटा सामान्य खेल हो र टोली आफ्नो क्षमतामा अडिग रहनुपर्छ । डिडियर डेसच्याम्पको टोली फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनलमा १–० को जित हासिल गरेको थियो । जहाँ स्याम्युयल उम्टिटीले हेड गोल गरेका थिए । घरेलु मैदानमा फ्रान्सले सन् २०१६ को युरो फाइनलमा पोर्चुगलसँग पराजय ब्यहोरेको थियो । तर, फ्रासेली टोली यसपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ, जुन २० वर्षअघि उनीहरुका प्रशिक्षकले हासिल गरेका थिए ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...