अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

साउने संक्रान्ति महत्त्व

news

ज्यो. चक्रपाणी डुम्रे (शास्त्री)
      धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो श्रावण  संक्रान्ति। श्रावण महिनाको पहिलो दिनलाई साउने
संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउनेसंक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि ( माघे संक्रान्ति ) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण   मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु
हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो।

    साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित
परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । हिन्दू
धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको
थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे
वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ ।  विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन
नासपाती, कागती , निबुवा , अम्बा , अनार , फलफूल आदि
चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो,
खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने
विश्वास छ । साथै, कुकुरडाइनो  कागभलायो , कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ-आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ।
     विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।
यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा
मनाउने गर्दछन् ।श्रावण महिनालाई भगवान शिवको प्रिय महिनाको रूपमा ग्रहण गरिएको छ । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको
सुरक्षा हुने विश्वास पनि गरिन्छ । भक्तहरूले बोल-बमको मन्त्र जप्दै विभिन्न तिर्थबाट जल ल्याएर शिवलयमा लगि शिवलिङ्गमा अर्पण गर्दछन् ।

     तसर्थ साउने सक्रान्ती खेतिपाती सकेपछि मनोरञ्जन स्वरूप मनाइने चाड पनि हो। केहि दिनकै लागी भए पनि थकित शरीरलाई आराम हुन्छ । हिलो पखालेर घाउखटिरामा मलहम लगाएर स्वास्थ्यप्रति सतर्कता अपनाउने अवसर पनि मान्न सकिन्छ । अर्कोतर्फ धर्म र अध्यात्मको जगेर्ना गर्ने पर्व पनि मान्न सकिन्छ । अस्तु।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...