अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Sajha Khabar

समाचार

स्याङजामा ३६औँ बिपि स्मृति दिवस, यसरी सम्झियो विपिलाई

news

कला राना
वालिङ, श्रावण ६ ।
नेपाली काँग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बी पी कोईरालाको ३६ औं स्मृति दिवस आईतबार स्याङजाका ११ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी मनाएको छ । जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिकामा बिपि स्मृतिमा विविध कार्यक्रम गरिएको कागे्रस स्याङजाले जनाएको छ । यता नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति, नगर समिति, वडा समिति र बी पी संरक्षण मञ्चको संयुक्त आयोजनामा वालिङ ८ बी पी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण तथा प्रवचन गरी बीपी स्मृति दिवस मनाईएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका बरिष्ठ नेता सूर्यप्रसाद रेग्मीले राष्ट्रको रक्षा तथा राष्ट्रियताकालागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताउनुभयो । नेता रेग्मीले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले पनि बीपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गर्नुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सचिव कुमार रानाले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
 
कार्यक्रममा काँग्रेस पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुबेदी, महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, पूर्व सांसद शंकरप्रसाद पाण्डे, काँग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, काँग्रेस महाधिबेशन प्रतिनिधि विष्णु पौडेल, लिलबहादुर रनपाल, काँग्रेस पूर्व क्षेत्रीय सभापति अमरलाल कर्माचार्य, वडा नं. १ का वडा सभापति गुणनिधी काफ्ले, महिला संघ क्षेत्रीय सभापति सुनिता उच्चै ठकुरी, वालिङ उद्योग वाणिज्य संघका महासचिव ध्रुबविक्रम खाँण, नेपाल शिक्षक संघ क्षेत्रीय सभापति डण्डुपानी पंगेनी, प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, तरुण दल क्षेत्रीय सचिव दिपक रेग्मी, नेविसंघ नगर सभापति दिक्षान्तप्रताप खाँण लगायतले बीपीको राजनीतिक र साहित्यिक योगदानकाबारेमा चर्चा परिचर्चा गरेका थिए । वडा अध्यक्ष कमलप्रसाद सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नेपाली काँग्रेस वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन काँग्रेस नगर सचिव भुपराज बगालेले र धन्यवाद मन्तब्य बी पी संरक्षण मञ्च वालिङका सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।
 
उता भीरकोट नगरपालिका बयरघारीमा समेत बिपि विचार गोष्ठी गरि बिपि स्मृति दिवश मनाईएको छ । नेपाली कागे्रस भीरकोट नगरसमितिले बिपि विचार गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै पुर्व सांसद शंकरप्रसाद पाण्डेले कागे्रसको अगुवाईमा नेपालको संविधान निर्माण भएको भन्दै बिपिको प्रजातान्त्रिक समाजवाद प्रत्येकले सर्वप्रथम आ–आफ्ना घरमा लागू गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नगरप्रमुख छायाराम खनाल, जिल्ल प्रतिनिधि क्या. यामबहादुर गुरुङ, महाधिवेसन प्रतिनिधि गोविन्द कर्मचार्य र नसिवदिन मिँया, जिल्ला सदस्य मेघबहादुर खड्का, तरुण दलका क्षेत्रिय अध्यक्ष दिपेन्द्र केसी, कागे्रसका पुर्व जिल्ला कोषाध्यक्ष पिताम्बर श्रेष्ठ, जिल्ल सदस्य श्यामप्रसाद अर्याल, क्षेत्रिय सदस्य ईन्द्रबहादुर मास्की, कालिका बहुमुखी क्याम्पस प्रमुख शिवप्रसाद रेग्मी, भुपूसैनिक संघका जिल्ला अध्यक्ष क्षेत्रबहादुर थापा, पत्रकार अमृत अर्याल, नेपाल शिक्षक संघका ईन्दिरा केसी, रमेश पौडेल, पोतप्रसाद तिवारी, महिला संघकी विन्दु खड्का, तरुणदलका शेषकान्त तिवारीलगायतले वर्तमान परिस्थितिमा विपिको मार्गदर्शन अत्यावश्यक रहेकाले विपिको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । कागे्रस नगरसभापति तोयनाथ अर्यालको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति शुक्रराज काफ्ले र सञ्चालन सचिव शेषकान्त खनालले गर्नुभएको थियो । 
 
उता हरिनास गाँउपालिकामा पनि बृक्षरोपण सहित वीपी बिचार गोष्ठीको आयोजना गरिएको छ । बिचार गोष्ठीमा बोल्दै पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वीपी कोइराला वीपी बिचार आज पनि नेपाली राजनीतिको चिन्तन र चासोको बिषयक बनेको बताउनुभयो । कार्यक्रममा पूर्व सांसद एवं जिल्ला सभापति कमलप्रसाद पंगेनी, पूर्व सांसद राजु थापा, तनहुँका कांग्रेस नेता महेश्वर भट्टराई, देवकुमार मानन्धर, ओमबहादुर भट्ट, मुरली लम्साल, नेविसंघका अध्यक्ष अजित क्षेत्री लगायतले वीपी र समाजवादका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । गाँउपालिका संयोजक टोपबहादुर चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता सोमनाथ लम्सालले स्वागत एवं कृष्ण भण्डारीले संचालन गर्नुभएको थियो । यसैगरी, हरिनास गाउपालिका २ स्थित मग्याम चिसापानीमा एक सय वटा बिभिन्न जातका बिरुवा समेत रोपिएको थियो । 
उता अर्जुनचौपारीमा समेत विचार गोष्ठी गरी मनाईएको छ । कार्यक्रममा कागे्रस महासमिति सदस्य खगेन्द्रराज रेग्मीले बिपिको सपना पुरा गर्नका लागी कागे्रस पार्टी पहिलो नम्बरमा हुनुपर्ने, जनताको सेवामा सर्मपित हुनुपर्ने भन्दै उहाँको मार्गमा हिड्नु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिर्घनारायण अर्याल, कागे्रसका क्षेत्रिय सचिव दामोदर लम्साल, प्रताप पौडेल, भरत पोख्रेल, खेमनारायण खनाल, शालीग्राम काफ्ले, माया केसी, केशव चापागाँईलगायतले बोल्नुभएको थियो । कागे्रसका गाउँसभपाति बोधनारायण रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत बेलबादुर गुरुङ र सञ्चालन सचिव रनबहादुर थापाले गर्नुभएको थियो ।
 
यसैबीच उता ३६औँ बिपि स्मृति दिवसका अवशरमा पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा शोकसभा तथा गाउँजागरण कार्यक्रम गरीएको छ । त्यहाँका स्थानीय स्व. रामचन्द्र अर्यालको ३०औँ दिनको पुण्यतिथिमा शोक सभा गरिएको हो । कार्यक्रममा कागे्रस क्षेत्रिय सभापति तुलसीराम रेग्मीले विपिको विचार सिद्धान्तलाई हरेक कार्यकर्ता एवं सम्पुर्ण नेपालीले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । कार्यत्रममा कागे्रस जिल्ला समितिका प्रवक्ता ईन्द्र गोदार, भीरकोट नगरपालिका उपप्रमुख सिमा केसीकर्मचार्य, पुतलीबजार नगरपालिका ११ का वडा सदस्य मनोज पौडेल, १० का वडा सदस्य सुरजकुमार अधिकारी, नेपाल विद्यार्थी संघका क्षेत्रिय सचिव चुत्रबहादुर महतलगायतले बोल्नुभएको थियो । कागेस वडा सभापति लेखनाथ अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल तरुण दलका नगर सचिव राजेन्द्र शर्मा र स्वागत कागे्रसका पुर्व सचिव जीवनाथ अर्यालले गर्नुभएको थियो ।
यसैगरी, आधीखोला गाउपालिका आयोजित वीपी स्मृतिसभामा बोल्दै महासमिति सदस्य गोबिन्द रानाभाटले वीपी बिचारलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसका अनुयायीअरु अब अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस नेताहरु टिकाराम ढकाल, प्रदीप पौडेल, भुवनबहादुर पौडेल, गोपाल ढकाल, गीता चापागाई, अमृत विक, सुजन गहतराज लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । गाउपालिका संयोजक नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखमाया ढकालले स्वागत, नविन ढकालले धन्यवाद एवं ख्यामराज पौडेलले संचालन गर्नुभएको थियो ।  
उता नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाको आयोजना आज ३६ औं वीपी स्मृति दिवस बिचार गोष्ठी एवं बृक्षरोपण गरी पार्टी कार्यालयमा मनाइएको छ । बिचर गोष्ठीमा बोल्दै जिविस पूर्व सभापति एवं नेपाली कांग्रेस स्वतन्त्र सेनानी शिवकुमार अधिकारीले वीपी दुरदर्शि नेता भएकै कारण आज पनि उहाका बीचार अमर र सान्र्दभिक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कुमार राना, क्षेत्रीय सभापती तुलसीराम रेग्मी, प्रवक्ता इन्द्रबहादुर गोदार, महासमिति सदस्य हिरादेवी शर्मा, सदस्य तारा मल्ल, ट्रेड यूनियन कांग्रेस प्रदेश ४ का महासचिव दिर्घनारायण शर्मालगायतले वीपीका योगदानका बारेमा चर्चा गर्नुभएको थियो । पुतलीबजार नगरसभापति बेदप्रसाद दोरंगााको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डिल्लीराम तिमिल्सिनाले स्वागत, सहसचिव धु्रबबन्धु पौडेलले धन्यवाद एवं सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो । कार्यक्रम पछि ५० वटा बिभिन्न जातका बिरुवा रोपिएका थिए । 
उता दिवसको अवसर पारि वालिङ नगरपालिका वडा नं. ५ जगतभज्ञ्याङ स्याङ्जाले फलफुल तथा विभिन्न प्राजातिका विरुवा वितरण गरेको छ । वडा कार्यालयले आज वडाका ११ वटा टोल विकास संस्थालाई सय÷सयको दरले १ हजार १ सय विरुवा वितरण गरेको छ । साथै नेपाली कांग्रेस नगर वडा कार्यसमिति वालिङ नगरपालिका ५ ले एक कार्यक्रम गरी विपीको स्मरण गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव नर बहादुर पौडेल, पार्टीका पूर्व वडा सभापति एवं वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनी, वालिङ नगरपालिकाका कार्यपालिका सदस्य एवं महिदला संघका वडा सभापति जमुना खड्का, क्षेत्रिय प्रतिनिधि एवं वडा सदस्य केश बहादुर थापा, नेपाल विद्यार्थी संघ वालिङका नगर सभापति दिक्षान्त प्रताप खाँण, नेपाल तरुा दल वडा नं. ५ का अध्यक्ष रामप्रसाद लामिछाने, तरुण दलका सदस्य हुमनाथ लामिछाने, महिला संघ सदस्य एक मायाँ मल्ल, युवा भुपिन गुरुङ र जुना थापाले बोल्दै पार्टीले पार्टीले विपीको मार्गलाई पछ्याउन नसक्दा अहिलेको अवस्थामा आउनु परेको बताएका थिए । वडा सभापति नर प्रसाद रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा सचिव तिलक गुरुङको स्वागत र उपसभापति पूर्णबहादुर बस्नेतले तथा संञ्चालन छवि आलेले गर्नु भएको हो 
उता नेपाली कंग्रेस नगर सम्वन्य समिती गल्याङको आयोजनामा गल्याङमा विचार गोष्ठी सम्पन्न भएको छ । नेपाली कंग्रेसको पार्टी कार्यालयमा भएको कार्यक्रममा पुर्वसांसद मोहन प्रसाद पाण्डेले राष्ट्रियता र समाजवादका लागि सवैले विपिको चिन्तन अनुशरण गर्नुपर्ने बताउदै विपिले देखाएको बाटोमा हिड्न सवै कार्यकतालाई आग्रह गर्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...