अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

कृषकलाई अनुदानमा हाते ट्रयाक्टर

news

कला राना
वालिङ, श्रावण ६ ।
स्याङजाको भीरकोट नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्याकटर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा १४ जना कृषकहरुलाई ट्याकटर वितरण गरेको हो । ट्रयाक्टर हस्तान्तरण गर्दै नगरप्रमुख छायाराम खनालले आधुनिक कृषि प्रणालीमा कृषकहरुलाई आर्कषित गर्ने र कृषकहरुको काममा सहजता मिलोस भन्ने हतूले कृषि उपकरण प्रदान गरिएको बताउनुभयो । गाँउमा जनशक्तिको अभाव हुँदै गईरहेको अवस्थामा एक्लै जोकोहीले समेत प्रयोग गर्न सक्ने हाते ट्रयाक्टर कृषकहरुको लागी निकै उपयोगी हुने प्रमुख खनालले बताउनुभयो । थोरै समय, थोरै मेहेनतले पुग्ने ट्रयाक्टर जस्तो सुकै खेतबारीमा, गोरु ठुला ट्रयाक्टरले जोत्न नसक्ने जमिनमा समेत प्रयोग गर्न सकिने भएपछि पछिल्लो समय यसप्रति किसानको आर्कषण बढ्दै गएको छ । कृषकहरुको मागका आधारमा ट्रयाक्टर वितरण गरिएको भन्दै प्रमुख खनालले आवश्यकता र मागका आधारमा अझ धेरै उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उपप्रमुख सिमा केसी कर्माचार्यले कृषकको नगरबासीलाई कृषिमै आत्मनिर्भर बनाउनको लागी नगरपालिका हरेक किषिमका प्राविधिकलगायतका सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 
५० प्रतिशत अनुदानमा ट्रयाक्टर लिनुभएका स्थानीय कृषक चन्द्रमान खाणले पछिल्लो समय बजारमुखी हुँदा ग्रामिण क्षेत्रका जग्गाजमिन बाँझिने अवस्थामा रहेकाले नगरपालिकाले प्रत्येक गाँउगाँउमा कृषि क्रान्ती ल्याउनुपर्ने बताउनुभयो ।  भीरकोट नगरपालीकाका कृर्षी विभाग संयोजक, वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा कार्यक्रम गरीएको थियो ।  १० वटा डिजेलबाटे र ४ वटा पेट्रोलबाट चल्ने गरी १४ वटा ट्याकटर वितरण गरीएको हो । ५० प्रतिशत अनुदानमा डिजलवाट चल्ने लाई २९ हजार र पेटोलबाट चल्ने हाते ट्याकटरलाई २४ हजारमा कृषकलाई उपलब्ध गराईएको प्रमुखका स्वकिय सचिव नन्दु खनालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...