अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

क्षयरोग सम्बन्धी अभिमुखीकरण

news

कला राना
वालिङ, श्रावण ६ ।
जन्तर संस्थाद्धारा स्याङजाको भीरकोट नगरपालिकामा क्षयरोग सम्बन्धी अभिमुखीकरण गरिएको छ । क्षयरोग सम्बन्धी जनचेतना फैलाउने हेतूले संस्थाले अभिमुखीकरण गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख छायाराम खनालले क्षयरोग नियमित औषधी सेवन गरेमा निको हुने भएकाले यसलाई लुकाएर राख्न नहुँने भन्दै स्वास्थ्य संस्थामा आफ्नो स्वास्थ्य जाँच गराईरहन पर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख सिमा केसीकर्मचार्यले क्षयरोगको औषधी निशुल्क उपलब्ध हुने भएकाले यसको निराकणमा सबैले ध्यान पु¥याउनुपर्ने बताउनुभयो । भीरकोटमा १२ जनाले क्षयरोगको औषधी सेवन गरिरहेका छन् भने जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ मा २ सय ५७ र गत वर्षको फाल्गुनसम्म १ सय ७० जना रहेको जिल्ल जनस्वास्थ्य कार्यालय स्याङजाका क्षयोकुष्ट अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 
अभिमुखीकरणको सहजीकरण गर्दै अधिकृत सुवेदीले विश्वभर ४५ हजारका दरले विश्वमा कुष्टरोगी बढ्दै गईरहेको भन्दै १ रोगीले स्वासप्रश्वासकै माध्यमबाट १० देखि १५ जनालार्य सार्न सक्ने बताउनुभयो । क्षयरोगले रौँ र नङ बाहेक सबै अंगमा प्रत्यक्ष प्रभाव पार्ने र नियमित औषधी सेवन गरेमा ६ महिनामा निको हुने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । छाती दुख्ने, ज्वारो आउने, खान मन नलाग्ने, खकारमा रगत देखा परे तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँचका लागी सम्र्पक गर्न समेत स्वास्थ्यकर्मीको सल्लाह  रहेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...