अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

ढिँकी जाँतो संरक्षणमा जुट्दै आमाहरु

वालिङ, १९ भाद्र ।
स्याङ्जाको स्वरेक ६ तिलाहार नेटाका महिलाहरु ढिँकी जाँतो संरक्षण अभियानमा जुटेका छन् । पछिल्लो समय ढिँकी जाँतो लोप हुँदै गईरहेकोले यसको संरक्षण गर्नकालागि समाज सुधार आमा समूहले ढिँकी जाँतो संरक्षण अभियान अगाडि बढाएको आमा समूहकी अध्यक्ष चित्राकुमारी अर्यालले बताउनुभयो । ४० घरधुरी रहेको तिलाहार नेटामा पहिले प्रायः सबै घरधुरीमा ढिँकी जाँतो रहेपनि अहिले कुनै कुनै घरमामात्रै जाँतो रहेको तर ढिँकी नभएकोले आमा समूहले अहिले समूहको भवनमा १÷१ वटा ढिँकी जाँतो गाडेको छ । समाजमा हुने विभिन्न कार्यहरुको प्रयोजनकालागि अहिले सार्वजनिक ठाउँमा गाडिएको ढिँकी जाँतोबाट पिठो कुट्ने काम भैरहेको छ । “आधुनिक किसिमका मिलहरु आएसँगै ढिँकी जाँतो लोप हुँदै गएको छ” समूहकी अध्यक्ष अर्यालले भन्नुभयो, “ढिँकी जाँतोलाई लोप हुन दिन हुन्न भन्ने लागेर समूहले आफ्नै भवनबाट संरक्षण अभियान थालेका छौं विस्तारै समूहका प्रत्येक घरधुरीमा ढिँकी जाँतो गाड्ने र प्रयोग गर्ने छौं ।”

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...