अहिले तरंगमा

Nepali khabar

केहि छिनमा

Kayakairan

समाचार

रेडियो आँधीखोलाका प्राविधिक प्रमुख शर्माको निधन

news

रेडियो आँधीखोला,
वालिङ, ८ श्रावण ।
रेडियो आँधीखोलाका प्राविधिक प्रमुख कृष्ण शर्मा मृत अवस्थामा फेला पर्नुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका ४ बडागाँउका ३६ वर्षीय शर्मा गएराति गुल्मीको रुरु गाउँपालिका ४ बम्घामा मृत अवस्थामा भेटिनुभएको हो । झण्डै ९ महिना अघि रेडियो आँधीखोलामा प्राविधिक प्रमुखको रुपमा कार्यरत रहनुभएका शर्मा यसअघि समेत यसै रेडियोमा आवद्ध रहनुभएको थियो । 
स्याङजाको रेडियो आँधीखोला सहित शर्माले गल्याङ एफएम, गुल्मीको रेडियो रेसुङ्गा, स्काई एफएम, वम्घाको ऋषिकेश एफएम र त्यस अघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गर्नुभएको थियो । 
सोमबार विहान वालिङबाट घरतर्फ जाँदै गरेका शर्माको अकल्पनीय निधनको खबरले आँफू स्तब्ध भएको रेडियो आँधीखोलाका अध्यक्ष धु्रवप्रसाद शर्मापंगेनीले बताउनुभयो । रेडियो आँधीखोला परिवारले आफ्नो एक सहकर्मी गुमाएको दुखद क्षणमा बुधबार १ दिन रेडियो आँधीखोलाले शोक मनाउने र रेडियोबाट प्रसारण हुने सम्पुर्ण कार्यक्रमहरु बन्द रहने अनुरोध गरिन्छ । साथै दिवंगत आत्माको चिर शान्तीको कामना तथा शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्दै समवेदन प्रकट गर्दछौँ ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...