अहिले तरंगमा

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

रुपन्देहीका युवा स्याङजामा च्याउ खेति गर्दै

news

रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ८ प्रगतिटोलका कृष्णराज पाण्डेले यहाँ ब्यवसायिक च्याउ खेती गर्दै आउनुभएको छ । तिलोत्तमा नगरपालिका ८ प्रगतिटोलका ४७ वर्षिय कृष्णराज पाण्डेले स्याङ्जाको वालिङ ८ ढाबखोलामा ब्यवसायिकरुपमा च्याउ खेती थाल्नुभएको हो । झण्डै ८ रोपनी जग्गा भाडामा लिएर पाण्डेले गहौंकालिका च्याउ उद्योग दर्ता गरी झण्डै २ वर्षअघिदेख कन्ये जातको च्याउको ब्यवसायिक उत्पादन थाल्नुभएको हो । “खाडी मुलुकका विभिन्न देशको भूमिमा पसिना बगाएँ, त्यहाँ काम गर्दै गर्दा मलाई लाग्यो यो पसिना विदेशी भूमिमा नभई आफ्नै भूमिमा बगाउन सके धेरै प्रगति गर्न सकिन्छ भन्ने लागेर स्वदेश फर्किएँ” ब्यवसायी पाण्डेले भन्नुभयो, “स्वदेश आएपछि च्याउ खेतीका बारेमा तालिमहरु लिएँ र यो ब्यवसाय थालेको हुँ ।” पाण्डेले सञ्चालन गरेको फर्मबाट हाल दैनिक एकसय ५० किलोग्राम च्याउ उत्पादन हुने गरेको छ ।
 
प्रति केजी तीन सयका दरले स्याङ्जाका वालिङ, गल्याङसहित बुटवल, पोखरा, आबु खैरेनी, नेपालगञ्ज लगायतका बजारमा यहाँ उत्पादित च्याउको खपत हुने गरेको फर्म सञ्चालक पाण्डे बताउनुहुन्छ । “उपयुक्त तापक्रम मिलेको खण्डमा च्याउ लगाएको १७ दिनदेखि झण्डै दुई महिनाको अवधिसम्म च्याउ टिप्न सकिन्छ” फर्म सञ्चालक पाण्डेले भन्नुभयो,  यस ठाउँमा ब्यवसाय गरेर भन्दा पनि झोला लिएर बजारबाट घरतर्फ आउने बानी भएको देखिन्छ यस्तो प्रबृत्तिको अन्त्य हुनु आवश्यक छ र कुनै न कुनै ब्यवसायमा आबद्ध हुनु जरुरी छ फर्म सञ्चालक पाण्डेको भनाई छ । दिनानुदिन च्याउको माग बढीरहको अहिले निर्माण भएका च्याउका टहराहरुको संख्यामा बृद्धि गरी उत्पादन बढाउने तयारीमा रहेको फर्म सञ्चालक पाण्डेले बताउनुभयो । “युवाहरु समय समयमा फर्म अवलोकन गर्न आउँछन्” फर्म सञ्चालक पाण्डेले भन्नुभयो, “यहाँ अवलोकनका लागि आएका युवाहरुलाई च्याउ खेती गर्ने तरिकाकाबारेमा आवश्यक सल्लाह सुझावहरु दिने गरेको छु ।”
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...