अहिले तरंगमा

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

पुर्व सभासद पंगेनीप्रति श्रद्धान्जली व्यक्त

news

रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
पुर्व मन्त्री राजन केसीले नेपाली कागे्रस स्याङजाका सभापति तथा संविधान सभा सदस्य स्व. कमलप्रसाद पंगेनीप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ । स्व. पंगेनीको निधनले कागे्रस पार्टी मात्र नभई समग्र देशले एक निष्ठावान सामाजिक अभियन्ता गुमाएको भन्दै गहिरो समवेदना व्यक्त गर्नुभयो । स्याङजाको लोकतान्त्रिक चोकमा राखिएको स्व. पंगेनीको तस्वीर तथा शोक पुस्तिकामा समेत पुर्व मन्त्री केसीले समवेदना प्रकट गर्नुभएको छ । त्यस्तै सांसद संजय गौतमले समेत मुलुकले एक ईमान्दार समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने कर्मठ योद्धा गुमाएकोप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । स्व. पंगेनीको निधनमा समितिले जिल्लाका विभिन्न स्थानमा शोक पुस्तिका राखेको छ । लोकतान्त्रिक चोकमा हरेक दिन स्व. पंगेनीको तस्वीरमा सर्वसाधारणले श्रद्धान्जली प्रटक गर्ने गरेका छन् । यता वालिङ स्थित पार्टी कार्यालयमा राखिएको शोक पुस्तिकामा समेत सर्वसाधरणले समवेदन प्रकट गरेका छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...