अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

कागे्रसका सक्रिय थापाको निधन

रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
काग्रेसका सक्रिय सदस्य पदमबहादुर थापाकोे निधन भएको छ । थापाको ९६ वर्षको उमेरमा स्याङजाको भीरकोट नगरपालिका १ बयरघारी आफ्नै निवासमा निधन भएको हो । स्व. थापाको पार्थिव शरीरमा कागे्रसको झण्डा ओढाउँदै बर्दियाका सांसद संजय गौतम, सांसद राजनकुमार केसीले स्व. थापाको निधनले कागे्रसले एक अभिभावक गुमाएको भन्दै श्रद्धान्जली व्यक्त गर्नुभयो । पुर्व सांसद राजू थापा, प्रदेश सांसद भागवतप्रकाश मल्ल, नगरउपप्रमुख सिमा केसीकर्मचार्य, नेविसंघका जिल्ला अध्यक्ष अजित क्षेत्रि, त्रिभुवन बहुमखी क्याम्पस स्ववियू सभापति सुनिल चापागाँई, नगरकार्यपालिका सदस्य विन्दु खड्का, नगरप्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसीलगायतले स्व. थापालाई श्रद्धान्जली अर्पण गर्नुभएको छ । उहाँको ३ छोरा र १ छोरी हुुनुन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...