अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

लागू औषधसहित युवक पक्राउ

news

रेडियो आँधीखोला
वालिङ, २२ साउन ।
औषधसहित एक युवक पक्राउ परेका छन् । स्याङजाको वालिङ नगरपालिका ८ मोडबाट पोखराका २९ वर्षीय कृष्ण परियारलाई प्रहरीले पक्राउ गरेको हो । सुनौलीबाट पोखरातर्फ  जाँदै गरेको लु १ ख ५८८० नं. बसमा चेकिङमा खटिएको प्रहरी टोलीले परियारको झोलाबाट लागू औषध बरामद गरेको छ । परियारको साथबाट २५ थान फेनरागन, २५ थान डाईजेपाम र २५ थान नुरफिन गरी ७५ थान लागूऔषध फेला परेको वडा प्रहरी कार्यालयले जनाएको छ । परियारलाई थप अनुसन्धान तथा कारबाहिका लागी कार्यालयमा राखिएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...