अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

दलित समुदायको पुर्खौली पेशाको जर्गेनाका लागी पञ्चे बाजा

news

रेडियो आँधीखोला,
वालिङ २७ साउन ।
स्याङजाको भीरकोट नगरपालिका ९ मा दलित समुदायको विकासका लागी ति समुदाय स्वयंम सक्रिय तथा जागरुक होउन् भन्ने हेतुले विभिन्न समुहमार्फत डेढ लाखको सामाग्री प्रदान गरिएको छ । वडा अध्यक्ष भिमबहादुर गुरुङले भन्नुभयो, “वडाभित्र रहेका दलित समुदायलाई समुह मार्फत काम गर्न सहज हुने भएकाले हामीले उहाँहरुलाई समुह गठन गर्नुस र समुदायको विकासका लागी के गर्नुपर्छ हामी प्रतिवद्ध छौँ भनेका थियौँ” । सोहीअनुसार विभिन्न दलित वस्तीमा समुह गठन गरी समुह समुहमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । विगतको समयदेखि नै विवाह, चाडपर्वहरुमा पञ्चेबाजा बजाईरहेका भिरकोट ९ पञ्चेबाजा समुहलाई पञ्चे बाजाको सेटमा पर्ने दमाह, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंहा एक एक थान गरी पञ्चे बाजा प्रदान गरिएको छ । त्यस्तै मालिका दलित समुह र कुवापानी दलित समुहका लागी ४० थान कुर्ची र ६ थान टेबुल प्रदान गरिएको वडा अध्यक्ष गुरुङले बताउनुभयो । 
यसरी समुहमार्फत पहिलो चरणमा कुर्ची टेबुल तथा बाजा समुहका लागी बाजा सेट प्रदान गरिएको र दलित वस्तीको उत्थानका लागी अन्य कार्यक्रमहरु समेत ल्याईने अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरु पदम सिंजाली, भिमबहादुर गुरुङ, स्वास्थ्य चौकी प्रमुख कुमार राना, कृषि समुहबाट लिला राना, पञ्चे बाजा समुहबाट दिर्घबहादुर दमैलगायतले बोल्नुभएको थियो । वडाले गत वर्ष दलित समुदायको लागी पञ्चेबाजा खरिद तथा कर्ची टेबुल वितरणमा डेढ लाख विनियोजन गरेको थियो । यसैबीच कृषक महिला समुहमार्फत कृषकहरुको लागी ९ थान प्लाष्टिकको टनेल र २ सय कागतीका बेर्ना समेत वितरण गरिएको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल दिईएको हो । समुहमा आवद्ध भएका र अन्य आवद्ध नभएका कृषकहरुका लागी कृषि सामाग्रीहरु वितरण गरिएको हो । नगरकार्यपालिका सदस्य खगिसरा विकको स्वागतसंगै शुरु भएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य धनसुवा रानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...