अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

अन्र्तराष्ट्रिय युवा दिवस स्याङजामा पनि मनाईयो

news

रेडियो आँधीखोला,
वालिङ २७ साउन ।
अन्र्तराष्ट्रिय युवा दिवस पारेर नगर स्तरिय युवा तथा खेलकुद संजाल गठन तथा
अन्र्तक्रियका कार्यक्रम स्याङजामा गरिएको छ । पुतलिबजार नगरपालिकाले युवाका लागि सुरक्षित वातावरण भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगर प्रमुख सिमा कुमारी क्षेत्रीले युवाहरु देशको गहना भएकाले नगर
चलाउने जिम्मा पनि युवा रहेको बताउनु भएको थियो । कार्यक्रममा नगर उप
प्रमुख महेश पुरी, युवा समितिका प्रमुख बाबुराम सापकोटा, नगर प्रबक्ता ख्याम
नारायण अधिकारी, प्रमुख प्रसासकिय अधिकृत रुद्र बहादुर मल्ल लगायतले मन्तब्य
राख्नु भएको थियो । कार्यक्रममा डोल बहादुर मल्लको संयोजकत्वमा १३ सदस्यि
नगर स्तरिय युवा संजाल गठन गरेको हो । सजालको सह संयोजकमा कृष्ण
बहादुर कार्की, बसन्त मरासिनी, कोषाध्यक्ष सुनिता क्षेत्री, सहसचिब दिवाकर
थापा, सह कोषाध्यक्ष चेतन आले रहनु भएको छ । संजालका सदस्यमा बिज्ञान
पोख्रेल, बिक्रम नेपाली, दिपक आले, मनोज गुरुङ्, खुमन राना, गणेश बिक्रम
शाह, किशोर अर्याल, राजेन्द्र शर्मा रहनु भएको छ ।  सामाजिक बिकास अध्यक्ष
शेष राज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सुचना अधिकृत तारा
चन्द्र ढकालले गर्नु भएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...