अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

देशले लोकतन्त्रवादी नेता गुमायो ः कागे्रस केन्द्रिय सदस्य श्रेष्ठ

रेडियो आँधीखोला,
वालिङ, ३० साउन ।
नेपाली काँग्रेस स्याङ्जाका पाटी सभापति कमल पंगेनीको निधन भएको १२ औं दिनको श्रदाञ्जली सभा काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको श्रदाञ्जली सभामा पंगेनीले पाटीमा खेलेको भुमिकाको चर्चा गरिएको थियो । श्रदाञ्जली सभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पंगेनीको निधनले स्याङ्जा मात्रै नभएर देशकै लोकतान्त्रिक नेता गुमाएको बताउनुभयो । पंगेनीले काँग्रेस पाटीमा देखाएको भुमिकाको चर्चा गर्दै नेता श्रेष्ठले पंगेनीको निधनले काँग्रेस पार्टीलाई ठुलो क्षती भएको उल्लेख गर्नुभयो । 
पुर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले पछिल्लो समय सरकारले गरेका काम कारवाहि प्रति आक्रोसित हुदै सरकार अधिनायकको बाटोमा हिडेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डे, नेपाल महिला संघ कार्यबहाक अध्यक्ष सरस्वति तिवारी, नेपाली काँग्रेस सिन्धुपाल्चोक सभापति विकास लामा, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरा, महामन्त्री कुन्दन काफ्ले, आनन्दराज त्रिपाठी, पुव महामन्त्री उमेशजंग रायमाझी, पुर्व सहमहामन्त्री बलदेव तिमिल्सिना, प्रदेश नं. ४ नेपाल शिक्षक संघका उपाध्यक्ष भरत लम्साल लगायतका बक्ताहरुले स्वर्गिय पंगेनीले काँग्रेस पाटीमा गरेको योगदानको चर्चा गरेका थिए । 
कार्यक्रम नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेनद्र खत्रीको अध्यक्षतामा सम्पन्न भएको पुर्व सभापति दिपक न्यौपानेले जानकारी दिनुभयो । नेपाली काँग्रेस स्याङ्जाले स्वर्गिय पंगेनीको भदौ १ गते नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा श्रदाञ्जली सभा गर्ने स्याङ्जा क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...