अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनद्वारा बजार अनुगमन

वालिङ, भाद्र
चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले स्याङ्जाको प्रमुख ब्यापारिक केन्द्र वालिङ बजारका पसलहरुमा छड्के अनुगमन गरेको छ । हिन्दु नेपालीहरुको मुख्य चाडपर्व नजिकिंदै गर्दा ईलाका प्रशासन कार्यालय वालिङले अनुगमनलाई तीब्र बनाएको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने, म्याद गुज्रेका खाद्य बस्तुहरुको विक्री हुन सक्ने भएकाले त्यसलाई रोक्नकालागि अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताउनुभयो । एकसाताको अवधीमा वालिङ, मिर्दी, रामबाच्छा, भकुण्डे, भुम्रेका किराना पसलहरुमा गरिएको अनुगमनकाक्रममा केही पसलहरुमा साईन बोर्ड नभएको, मुल्यसूचि नराखिएको, पसलै पिच्छे सामनको मुल्य फरक फरक भएको र म्याद गएका खाद्य सामग्रीहरु फेला परेका थिए । म्याद गुज्रेका सामग्रीहरु प्रशासनले जफत गरी नष्ट गरेको छ भने मुल्य सूचि र साईनबोर्ड तथा विना दर्ता सञ्चालन भएका पसलहरुलाई आवश्यक प्रक्रिया पुरा गर्नकालागि सुझाव दिईएको थियो । कालो बजारी तथा म्याद गुज्रेका सामानहरुको प्रयोग हुनबाट बच्नकालागि उपभोक्ताहरु पनि उत्तिकै सचेत हुन जरुरी भएकाले सामन किन्दा कहिले उत्पादन भएको मिति, प्रयोग गर्न सकिने समय र मूल्य हेर्नु आवश्यक रहेको ईलाका प्रशासन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।