अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

नेपाल विद्यालय कर्मचारी परीषद वालिङद्धारा नगरप्रमुखलाई ज्ञापनपत्र

रेडियो आँधीखोला,
वालिङ, ३० साउन ।
नेपाल विद्यालय कर्मचारी परीषद वालिङले अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा सहभागिहरुले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको दरबन्दी व्यवस्था नगरिएकाले गुनासो गरेका छन् । उनीहरुले सामुदायिक विद्यालयमा स्थपनाकादेखि नै शिक्षक र कर्मचारीकोसंगै नियुक्ति गरिएपनि एउटै छानामुनि काम गर्ने कर्मचारी वर्गलाई विभेद गरिएको र २५ वर्षसम्म निरन्तर संर्घष गर्दा कुनै सुनुवाई नभएको बताएका छन् । 
कार्यक्रममा नेपाल विद्यार्थी कर्मचारी परिषदका तर्दथ समिति अध्यक्ष ईन्द्रबहादुर चर्मकार, सचिव धु्रव पंगेनीलगायतले लामो संर्घषले परिणाम पाउने समय आएको भन्दै विद्यालय कर्मचारीहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभयो । यसैबीच विद्यालय कर्मचारीहरुको भेलाले नेपाल विद्यालय कर्मचारी परीषद वालिङ नगरकार्यसमिति गठन गरेका छन् । अध्यक्षमा माया पोख्रेल, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा विष्णु थापा रहनुभएको छ भने सदस्यहरुमा टिकाराम न्यौपाने, सुविना राना, हिमा थापा, अनिता राना र तुल्सी नेपाली रहनुभएको छ । 
यसैबीच परीषद कार्यसमिति वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणलाई ज्ञापन पत्र बुझाएको छ । परिषद तर्दथ समिति स्याङजाका अध्यक्ष ईन्द्रबहादुर चर्माकारद्धारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा, शर्त, सुविधा, ऐनमा व्यवस्था भएअनुसार निजामती कर्मचारी वा शिक्षक सरह हुने गरी गरी नियमावलीमा समेत आवश्यक व्यवस्था गरी सिघ्र लागू गर्न नगरप्रमुखबाट पहल होस उल्लेख गरिएको छ । ज्ञापनपत्रमा विभिन्न मागहरु तथा ति मागहरु सम्बोधन गर्न भनिएकोे छ । 
२००७ सालपछि खुलेका विद्यालयहरुमा प्रधानाध्यापक साथसाथै विद्यालय कर्मचारी नियुक्ति हुँदै आएको र शिक्षा ऐन २०२८ तथा शिक्षा नियामावलीको पटकपटक संशोधन शिक्षक कर्मचारी भन्ने शब्दावली सबै एने र नियमावलीका धारा उपधाराहरु उल्लेख गरिएको भएपनि कर्मचारी दोस्रो दर्जाको नागरिक सरह रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 
६० वर्ष पुगेका कर्मचारी निष्काशन बन्द गरिनुपर्ने, शिक्षक तथा निजामति कर्मचारी सरह सेवा सुविधा, नियमावली निर्माणमा कर्मचारीहरुको संस्थागत सहभागितालगायतका माग गरिएको छ । साथै नियुक्ति, सरुवा, बढुवा, सुविधा व्यवस्था, कर्मचारी पदस्थापन गर्ने व्यवस्थालगायतका मागहरु सम्बोधन गरिनपर्ने बताएका छन् ।  यसैबीच उता बिद्यालय कर्मचारी परिषदले पुतलिबजार नगरपालिकामा आफ्ना मागहरु राखेर ज्ञापन पत्र पेश गरेको छ । सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीहरुको संस्थाले
स्थानिय तहमा माग राख्ने क्रममा नगरपालिका प्रमुख सिमा क्षेत्रीलाई ज्ञापन पत्र
बुझाएको सघर्ष समितका संयोजक गिता आचार्यले बताउनुभयो ।  ज्ञापन पत्र बुझ्दै नगर प्रमुख क्षेत्रीले कर्मचारीका जायज मागलाई स्थायिन तहले सकेसम्म
पुरा गर्ने बताउनु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...