अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

बाँसपानी आधारभुत विद्यालयमा पुस्तकालय

रेडियो आँधीखोला,
वालिङ, ३० साउन ।
वालिङ नगरपालिका २ स्थित बाँसपानी आधारभुत विद्यालयमा पुस्तकालयको उद्दघाटन गरिएको छ । रुम टू रिडको आर्थिक तथा प्राविधिक सहयोग र सुर्योदय क्लब स्याङजाको व्यवस्थापनमा पुस्तकालयको उद्दघाटन गरिएको हो । कक्षा १ देखि ५ सम्म अध्ययरत सम्पुर्ण विद्यार्थीहरुलाई विद्यार्थीको स्तरअनुसारका पुस्तकहरु वितरण गरी पुस्तकालयको उद्दघाटन गरीएको हो । 
कार्यक्रममा रुमटूरिडका एलबि खड्का, प्रधानाध्यापक घनश्याम अधिकारीलगायतले पुस्तकालयले विद्यार्थीहरुमा अध्ययनको बानीको विकास हुने बताउनुभयो । पुस्तकालयमा ६ सय ९१ पुस्तकहरु रहेका छन् । पुस्तकालयबाट विद्यार्थीहरुले घरमा किताव लगी अध्ययन गर्न तथा विद्यालयमा समेत खाली समयमा पुस्तकालयमा रहेका पुस्तकहरुको अध्ययन गर्न सक्नेछन् । पहिलो चरणमा विद्यार्थीलक्षित पुस्तकालय गरिएपनि भोलीका दिनहरुमा सर्वसाधारणहरुमा समेत अध्ययनको बानीको विकासका लागी पुस्तकालय सोही अनुसार विस्तार गरिनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...