अहिले तरंगमा

Aadhunik Sangeet Bahar

केहि छिनमा

National News

समाचार

सागर स्मृति फुटवल प्रतियोगिताको उपाधि आयोजक रोयललाई

रेडियो आँधीखोला,
वालिङ, ३० साउन ।
स्याङ्जाको वालिङमा सम्पन्न दोस्रो जिल्लास्तरीय दोस्रो सागर स्मृति सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । फाईनल खेलमा आयोजक रोयल युथ क्लब ए ले आयोजक रोयल युथ क्लब बी लाई टाईब्रेकरमा पराजित गरी उपाधि चुमेको हो । बिजयी भएसँगै आयोजक ए ले नगद ५० हजार र द्वितीय भएको बी समूहले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । २० समूहको सहभागिता रहेको प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले खेलकुद क्षेत्रको विकासकालागि वालिङ नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले युवाहरुमा रहेको क्षमतामा निखारता ल्याउन पनि यस खालका प्रतियोगिताहरु समय समयमा आयोजना गर्न सुझावसमेत दिनुभयो । नगर उपप्रमुख तिवारीले स्मार्ट सिटीकोरुपमा अगाडि बढेको वालिङ नगरपालिकामा हुनसक्ने विभिन्न खेलकुदका क्षेत्रहरुको सम्भाब्यता अध्ययन गरी सोही अनुसारको नीति निर्माणमा लाग्ने बताउनुभयो ।   रोयल युथक्लबका सचिव साजन पंगेनीको स्वागतसँगै शुरु भएको समापन समारोह क्लबका अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन खेम चापागाईले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...