अहिले तरंगमा

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

देशैभरीका लोक कलाकार स्याङजा आउने, प्रतिष्ठानको १७औँ साधारण सभा वालिङमा,

news

कला राना,
वालिङ, १ भाद्र ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको १७ औँ साधारण सभा स्याङजामा हुने भएको छ । लोक तथा दोहोरीको उर्वर भुमी स्याङजामा देशभरका कलाकार आउने भएका छन् । प्रतिष्ठानले १७ औँ साधारण सभा तथा बृहत सांस्कृतिक कार्यक्रमका बारेमा विहिबार वालिङमा पत्रकार भेटघाट गरेको छ । आगामी अशोज १२, १३ र १४ गते स्याङजाको केन्द्रविन्दु वालिङबजारमा प्रतिष्ठानको १७औँ साधारण सभाको आयोजना गरिएकोे प्रतिष्ठानका द्धितिय उपाध्यक्ष रामजी खांणले बताउनुभयो । लोक तथा दोहोरीका दर्जनौँ कलाकार जन्माएको स्याङजामा यहाँको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरि स्याङजालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउने उद्देश्यले समेत स्याङजा रोजाईमा परेको उपाध्यक्ष खांणको भनाई छ । 
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खांणले प्रतिष्ठानको साधारण सभाका लागी स्याङजा छनौटमा पर्नु स्याङजालीहरुका लागी खुसीको खबर भएकाले साधारण सभालाई सभ्य तथा भव्य रुपमा सफल पार्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै प्रमुख खांणले कार्यक्रम सफलताका लागी व्यवस्थापन महत्वपुर्ण पक्ष भएकाले जिम्मेवारी बाँडफाँड गरी अगाडि बढ्नुपर्ने र जिल्लाका सम्बन्धीत सबै निकाय समेत उत्तिकै महत्वपुर्ण रहेको बताउनुभयो । कलाकारहरुले आफ्ना सिप कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने भन्दै प्रमुख खांणले लुकेर रहेका प्रतिभाको प्रष्फुटन गराउन प्रतिष्ठानले मद्दत गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले वालिङमा राष्ट्रिय स्तरका कार्यक्रमहरुको आयोजना हुनु यहाँको पर्यटकीय क्षेत्रलाई फराकिलो हुनु हो भन्दै कार्यक्रम सफलताको कामना गर्नुभयो । 
त्यस्तै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले देशैभरीका कलाकारहरुलाई एकसाथ वालिङमा स्वागत गर्न आतुर रहेको भन्दै कार्यक्रमका लागी निजि क्षेत्रबाट हुने हरेक सहयोगको प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपानेले कार्यक्रमको लागी मिडियाकर्मी सकरात्मक रहेको बताउनुभयो । प्रतिष्ठानको ५५ जिल्लामा आफ्नो साखा विस्तार गरेको र अवको केहि वर्षभित्रै सबै जिल्लामा साखा विस्तार हुने प्रतिष्ठानले जनाएको छ । २८ हजार जना साधारण सदस्य रहेको प्रतिष्ठानको २० हजार आजिवन सदस्य रहेको र ३ दिनसम्म चल्ने कार्यक्रमका लागी १२ लाख खर्च हुने अनुमान गरिएको प्रतिष्ठानका सदस्य घनश्याम रिजालले बताउनुभयो । कार्यक्रममा आउने कलाकारहरुले यहाँको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको स्थलहरुको अवलोकन गर्न पाउँनेछन् । जिल्लाका लोपोन्मुख मौलिक संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गरी प्रचार प्रसार गर्ने कार्यक्रमको उद्देश्य रहेको प्रतिष्ठानका केन्द्रिय सदस्य शिव हमालले बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...