अहिले तरंगमा

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

शनिबार विद्युत अवरुद्ध हुने

रेडियो आँधीखोला, 
वालिङ, १ भाद्र ।
भोली विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने बुटवल पावर कम्पनी वितरण साखा वालिङले जनाएको छ । भाद्र २ गते शनिबार विद्युत अवरुद्ध गरी सबस्टेशन मर्मत गरिने साखाले जनाएको छ । बुटवल पावर कम्पनी लिमिटेड आँधिखोला जलविद्युत केन्द्र गल्याङ अन्र्तगतको मिर्दि सवस्टेशनको एउटा सर्किट ब्रेकर मर्मत गरिने भएकाले विभिन्न क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । सुरकौँदी, भुम्रे, पेखु, स्वरेक, कालिकोट, रिपुखोला, ढापुक, रामबाच्छा, मिर्दी, वालिङ मोड, भिमटारी, आमडाली, काफलडाँडा, थापाडाँडा, अरमादी, ऐलादी, छाङछाङदी हुँदै बानेथोकसम्म विद्युत अवरुद्ध हुने बिपिसीले जनाएको छ । साथै ३३ केभी केवरे लाईन पनि एकैसाथ अवरुद्ध हुने बिपिसीले एक सुचना जारी गर्दै जनाएको हो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...