अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्व. पंगेनीको १३औँ दिनको पुण्यतिथिमा स्याङजामा श्रद्धान्जली

news

रेडियो आँधीखोला,
वालिङ, भाद्र १ ।
नेपाली कांग्रेसका शिर्ष नेताहरुले वर्तमान सरकारको काम गर्ने शैली र गतिविधिमा अधिनायकवाद छायां देखिएको बताएका छन् । उनीहरुले सरकारको यहि प्रबृत्ति जारी रहे का“ग्रेस र आमनागरिकलाई सह्यि नहुने बताएका छन् । नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको स्वर्गारोहण भएको १३ औं दिनको पुन्यतिथीमा स्याङ्जामा आयोजित श्रद्धान्जली  सभालाई सम्बोधन गर्दै शिर्ष नेताहरुले सरकारले हरेक क्षेत्रमा हस्तक्षेपकारी गतिविधि गरेकाले अधिनायकवादको छायां देखिएको बताएका हुन् ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले “न्याय र आय दिनुपर्ने बेला जनालाई सरकारले सास्ती दिएको भन्दै सरकारको कार्यशैलीमा दम्ब हावी भएको उहांले दाबी गर्नुभयो । लोकतन्त्रमा बृहत्तर निर्णय लिनुपर्दा एकता र छलफलबाट लिने परम्परा भएको जिकिर गर्दै नेता पौडेलले भन्नुभयोे, “सरकार एकलौटी र दम्बकारी बनेर अगाडी बढेको छ ।” सरकार आमनागरिकको साझा बन्न नसकेको चिन्ता व्यक्त गर्दै नेता पौडेलले भन्नुभयोे, “सरकार आमनागरिकको हो भन्ने अनुभूति नदिएर एउटा दल मात्रैको हो भन्ने सन्देश दिइएको छ ।” 
 
श्रद्धान्जली सभामा कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काले लोकतन्त्रमा सादा जीवनयापन गरेर नागरिकको सेवा गर्ने हो, तर हाम्रो देशमा नेताले सेवा र मेवा पु¥याएपछि मात्रै लोकतन्त्र बलियो छ भन्ने भावनले बढवा पाएकोमा चिन्ता व्यक्त गर्नुभयोे । सभामा कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले नागरिकको सेवामा समर्पित पंगेनीले जीवनभर आम जनताको लागी काम गरेको बताउनुभयो । श्रद्धान्जली सभामा कांग्रेस केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, बालकृष्ण खांण, डा. रामशरण महत, अर्जुननरसिह के.सी., दिलबहादुर घर्ति, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, धनराज गुरुङ्, सुरेन्द्र पाण्डेले लोकतान्त्रिक चरित्र अनुसार विकासमा आफूलाई सर्मपण गरेका पंगेनीबाट नेपाली राजनीतिक अग्रज र भावि पुस्ता धेरैले सिक्नुपर्ने बताउनुभयो ।
 
कांग्रेस नेतृ डिला संगा्रैला नेताहरु यज्ञबहादुर थापा, रामहरि खतिवडा, धु्रब वाग्ले, शारदा पौडेल, नेपाल महिला संघका कार्यबहाक अध्यक्ष सरस्वती तिवारी, नेपाल शिक्षक संघका गण्डकी प्रदेश उपाध्यक्ष भरतप्रसाद लम्सालले स्वर्गिय पंगेनीप्रति सद्धासुमन व्यक्त गनुभयो ।  कांग्रेस स्याङ्जाका सचिव कुमार रानाको अध्यक्षतामा भएको श्रद्धान्जली सभाको संचालन प्रबक्ता ईन्द्रबहादुर गोदारले गर्नुभएको भने स्वागत कोषाध्यक्ष प्रेमराज पौडेलले गर्नुभएको थियो । 
 
सभामा पंगेनीको राजनीतिक यात्रा र जीवनका बारेमा पूर्व सभापति खगेन्द्रराज रेग्मी तथा पंगेनीका दाजु लिलाराज पंगेनीले प्रष्ट पार्नुभयो ।  नेपाली कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीको साउन २० गते ह्दयघात भएर ५६ वर्षको उमेरमा निधन भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...