अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

भेषजराज साहित्य प्रतिष्ठानको चौँथो श्रृङखला

news

कला राना,
वालिङ, भाद्र १ ।
भेषजराज साहित्य प्रतिष्ठानको चौँथो श्रृङखला अन्र्तगतको मासिक रचना वाचन कार्यक्रम शुक्रबार पुर्णामृत भवानी मावि वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद बनबासीले साहित्य समाजको ऐना भएको हुँदा  समाजमा भएका विभिन्न सकरात्मक तथा नकरात्मक पक्षलाई साहित्यका माध्यमबाट बाहिर ल्याउन सकिने बताउनुभयो । 
साथै बनबासीले यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरुलाई अगाडी बढ्न प्रेरणा मिल्ने बताउनुभयो  । कार्यक्रममा युवा साहित्यकार मिलन समीर, प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, विष्णुप्रसाद अर्याल, लेखनाथ काफ्ले, श्यामप्रसाद ढुङगाना, दिपक लम्साल, शम्भु अर्याल लगायतले आ–आफ्ना भनाई तथा रचना वाचन गर्नुभएको थियो । 
त्यस्तै बबीन खनाल, प्रशान्त बगाले, रोशन रिजाल, सुजन बस्याल, समिक्षा भुसाल, श्रीया न्यौपाने, सिर्जना पंगेनीलगायतले आ–आफ्नो रचना बाचन गरेका थिए । विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङगानाले गर्नुभएको थियो । यसैबीच सोही कार्यक्रममा प्रतिष्ठानका सदस्य शम्भु अर्यालद्धारा लिखित सेतो सुनखानी कविता संग्रह विद्यालयलाई हस्तान्तरण गरिएको छ । 
त्यस्तै विद्यालयका शिक्षक अभिभावक संघका पूर्व सदस्य  स्व. शिवप्रसाद भुसालको स्मृतिमा केराका वोटहरु विद्यालय परिसरमा रोपिएको छ । स्व. भुसालको सम्झनामा उहाँकै बगैँचाका केराका बोटहरु विद्यालय परिसरमा रोपण गरिएको हो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...