अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

गल्याङमा सेन्ट्रल ल्याब

news

रेडियो आँधीखोला, 
वालिङ १ भाद्र ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गल्याङ नगरपालिकालाई भ्रष्ट्राचार मुक्त बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भ्रष्ट्राचारले विकासमा बाधा पु¥याउने भन्दै कहींकतै भ्रष्ट्रचार भए त्यसको सूचना दिन नगरबासीलाई आग्रह गर्नुभएको हो ।
 
गल्याङ बजारको मेनरोडमा सञ्चालनमा आएको सेन्ट्रल ल्याबको उद्घाटन कार्यक्रममा उहाँले भ्रष्टचार भएकोबारे सूचना दिएर सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख अधिकारीले गएको वर्ष अनुभव कम भएकाले पनि केही समस्या भएको भन्दै अब नगर विकासले गति लिने बताउनुभयो ।
 
उहाँले कुनै पार्टी विशेष र जाती विशेष भन्दा पनि समग्र विकाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरबासीसँग धेरै कर उठाउने पक्षमा आफु नभएको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले गल्याङ स्याङ्जा जिल्लामै पहिलो पटक उच्चस्तरीय प्रविधिबाट सेन्ट्रल ल्याब सञ्चालनमा आउनु सुखद पक्ष भएको बताउनुभयो ।
 
सेन्ट्रल ल्याब बुटवलका अध्यक्ष कृष्णप्रसाद अर्यालले यस क्षेत्रका स्थानीय बासीलाई सहयोग पु¥याउन पाउनु खुशीको कुरा भएको बताउनुभयो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले स्वास्थ्य सुविधाका लागि स्याङ्जा जिल्ला पछाडी नै परेको भन्दै सबै मिलेर स्थानीयबासीको स्वास्थ्य सेवामा जुट्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रमको अध्यक्षता गर्नुभएका सेन्ट्रल ल्याब गल्याङ शाखाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले ल्याबमा उच्चस्तरीय प्रविधिबाट स्वास्थ्य परिक्षण गरिने बताउनुभयो । २०५२ साल देखि सञ्चालनमा आएको गल्कोट फार्मेसीको पहलमा रोग परिक्षणका लागि ल्याब सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सेन्ट्रल ल्याबका प्रबन्ध निर्देशक विक्रम अर्यालले गुणस्तरको मामिलामा आफुले कुनै सम्झौता नगरेर आफुले काम गर्ने बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...