अहिले तरंगमा

Nepali Bahas

केहि छिनमा

Good Morning Aandhikhola

समाचार

गल्याङले शुर ग¥यो छुर्पी खाँऔँ, सुर्ती हटाऔँ अभियान, बाझो जग्गा सरकारले लिन्छ मन्त्रीः थापा

news

रेडियो आँधीखोला,
वालिङ, २ भाद्र ।
गण्डकी प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले बाँझो जग्गालाई सरकारले लिने बताउनु भएको छ । छुर्पी खाऔ, सुर्ती हटाऔ भन्ने नाराका साथ  स्याङजाको गल्याङ नगरपालिकाले गल्याङ ३ मा शनिबार गरेको सार्वजनिक स्थलमा सुर्ती जन्य पदार्थ निषेध सम्बन्धि सचेतना अभियानमा गरेर खान सरकारले जग्गा किसानलाई दिएको बताउनुभयो । उहाँले बाजो जग्गा पहिलो चरणमा कर बढाउने र दोस्रो चरणमा सरकारले आफ्नो हाता भित्र ल्याएर भाडा दिएर काम गराउने बताउनुभयो । 
उहाँले प्रदेश सरकारको आर्थिक बिकासको लागि पहिलो प्राथमिकता पर्यटन र कृषिमा रहेको बताउनुभयो । कृषिमा उत्पादन र बजारीकरण गर्न सकेमा आर्थिक आर्जन गर्न सहज हुने मन्त्री थापाको भनाई थियो  । नगरपालिकाले सेतो सरहको अभियानबाट कृषि तथा पशुपालनलाई प्राथमिकता दिएको बताउदै मन्त्री थापाले भन्नुभयो —“सरकारको सहयोग रहनेछ । ”
उहाँले पर्यटन, होम स्टे र कृषिको माध्यमबाट ३ बर्ष भित्र २५ हजार किसानलाई स्वरोजगार बनाउने लक्ष्य प्रदेश सरकारले दिएको बताउनुभयो । अर्गानिक खेती, दुध, मास’, अण्डामा ३ बर्षमा आत्मनिर्भर बनाउने बताउदै मन्त्री थापाले किसानलाई ५ बर्षमा निर्यात गर्ने बताउनुभयो । कृषि र पर्यटन माध्यमबाट लाखौ युवा बिदेश जाने क्रम रोकिने बताउदै मन्त्री थापाले भन्नुभयो —“रेमिट्यान्सबाट नभई पर्यटन र कृषिबाट नागरिक सक्षम बन्दछन् .”गरिबि निवारणका लागि कृषि प्रमुख भएको बताउदै मन्त्री थापाले बोलेर मात्र होइन सबैले गरेर देखाउनु पर्ने बताउनुभयो । 
किसानको सम्मानका एजेण्डा अगाडी बढाउनुपर्नेमा जोड दिदै मन्त्री थापाले सरकारले कृषि अनुदान, कषि तथा पशु बिमा कार्यक्रमलाई अगाडी ल्याएको बताउनुभयो । रहर नभई कृषिलाई ब्यवसायिक ढंगले अगाडी बढाएमा फलदायी हुने बताउदै मन्त्री थापाले —“कृषिमा सबैको ध्यान जानुपर्दछ । ”
काम गर्ने किसानलाई अनुदानलाई प्राथमिकता दिएको बताउदै मन्त्री थापाले सहकारीको माध्यमबाट काम गर्नेलाई पहिलो सहयोग हुने दाबी गर्नुभयो । तिनै सरकार एक भएर लागनेमा बिकासलाई कसैले रोक्न नसक्ने बताउदै मन्त्री थापाले कृषि र पर्यटनमा काम गर्न रकमको कुनै कमि नहुने बताउनुभयो । 
सुर्ती जन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक भएको बताउदै मन्त्री थापाले सुर्तीको ठाउँम छुर्पी राम्रो भएको बताउनुभयो । त्यस्तै  प्रदेश बिधान मस्यौदा सभापति मोहन रेग्मीले २ बर्ष गण्डकी प्रदेश उज्यालो सहर बन्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश सभा सदस्य दिपक चर्ति मगर, नगरपालिका सल्लाहकार पुण्य भुषाल, नेकपाका नेता प्रकाश न्यौपाने, नेपाली काग्रेसका नेता गरु प्रसाद भट्राई, नगर प्रमुख भुपराज अधिकारी, प्रमुख प्रसासकिय अधिकृत इश्वरी प्रसाद पाण्डे लगायतले छुर्पी खाउँ सुती हटाउँ अभियान निकै स्वागतयोग्य भएको बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...