अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

चितुवाको आक्रमणबाट पुरुष घाईते

news

असोज ५,
चितुवाको आक्रमणबाट मंगलबार बिहान एक पुरुष घाईते भएका छन् । वडा प्रहरी कार्यालय वालिङका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ९ कल्लेरी आलेगाउँ बस्ने वर्ष ५७ का भक्तबहादुर माझी घाईते भएका हुन् । आज बिहान १० बजेको समयमा घर नजिकै बारीमा घाँस कट्दै गरेको अवस्थामा एक्कासी चितुवाले झम्टेको बताईएको छ । घाईते माझीको टाउको, शरिर तथा हातमा चिथोरेर छिया छिया बनाएको छ । मध्यम घाईते भएका माझीको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।