अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

गुप्तेश्वर गुफाको प्रचार प्रसारका लागी धार्मिक तथा सांस्कृतिक महोत्सव

news

रेडियो आँधीखोला,
वालिङ, २ भाद्र ।
स्याङजाको अर्जुनचौपारी गाउँपालिका १ र भीरकोट नगरपालिका ७ को सिमानास्थल भोर्लेखोलास्थित गुप्तेश्वर महादेव गुफालाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल निर्माणका लागी धार्मिक तथा सांस्कृतिक महोत्सव हुने भएको छ । सरोकारवालाहरुको आज बसेको भेलाले आगामी मंसिर १ देखि ९ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको हो । 
कार्यक्रममा अर्याल बालयोगेश्वर महाराज श्रीले महोत्सवलाई ऐतिहासिक तथा पृथक बनाउनको  लागी आफ्नोतर्फबाट पुर्ण सहयोग रहने बताउनुभयो । धार्मिक तथा ऐतिहासिक महत्वको गुप्तेश्वर गुफालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्म पु¥याउनका लागी महोत्सवले ठुलो भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा भीरकोट नगरपालिका उपप्रमुख सिमा केसीकर्मचार्य, सुरेन्द्रप्रसाद  रेग्मी, प्रेमनारायण अर्याल, हिरा रिजाल, गिरधारी कोईराला, वडा अध्यक्ष शेषकान्त अर्याललगायतले महोत्सव सफल पानुपर्ने बताउनुभयो । 
यसैबीच कार्यक्रममा महोत्सवको लागी बालयोगेश्वरले २५ हजार ५ सय ५५ हस्तान्तरण गर्नुभएको छ । १ हजार ८ सदस्यीय महोत्सव मुल समारोह समिति गठनका लागी मोहनबहादुर अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । 
सहसंयोजकमा श्यामप्रसाद अर्याल, संरक्षकमा शेषकान्त अर्याल र चित्रबहादुर विष्ट,  महासचिवमा ताराप्रसाद अर्याल, शालिकराम अर्याल, सुरेन्द्रप्रसाद रेग्मी, कोषाध्यक्षमा चुडामणी अर्याल, महिला सदस्यहरुमा हिरा रिजाल, जमुना रेग्मी रहनुभएको छ । चोलाकान्त अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तोयनाथ रिजाल र सञ्चालन ताराप्रसाद अर्यालले गर्नुभएको त्यहाँबाट राजनप्रसाद पौडेलले जनाउनुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...