अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

लेखापढी कानून ब्यवसायीलाई मुलुकी संहिता ऐन सम्बन्धी प्रशिक्षण

news

रेडियो आँधीखोला,
वालिङ, २ भाद्र ।
नेपाल लेखापढी कानून ब्यवसायी एसोशिएशन स्याङ्जाको आयोजनामा मुलुकी अपराध     (संहिता) ऐन, २०७४ का बारेमा लेखापढी कानून ब्यवसायीलाई प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा बोल्दै जिल्ला न्यायधिश रमेशकान्त अधिकारीले एक्काइसौ सताब्दी अनुरुप अन्र्तराष्ट्रिय कानून संग मेल खानेगरी बनाईएको जानकारी दिनुभयो । साथै उहाले  जारी संहिता पीडक मुखी, सरलीकृत र सामान्य कानून भएको जानकारी दिदै राज्य विप्लप बाहेक सबैमा क्षतिपूर्तिको ब्यवस्था भएको बताउनुभयो ।  
प्रशिक्षण कार्यक्रममा जिल्ला न्यायधिश रमेशकान्त अधिकारी, न्यायधीवक्ता इश्वरीप्रसाद ढकाल, वार एशोसियशनका अध्यक्ष प्रकाश अर्याल, केन्द्रीय पार्षद तुलसी गिरी, अधिबक्ता दुर्गानारायण ढकाल, अधिबक्ता टंकप्रसाद न्यौपाने, अधिबक्ता नारायणप्रसाद रेग्मी, अधिबक्ता युगनारायण श्रेष्ठ, पेशागत क्षमता अभिबृद्धी समितिका सदस्य सचिव ठाकुरप्रसाद अधिकारी, लगायतले परिवर्तित मुख्य ब्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 
लेखापढी कानून ब्यवसायी एसोशिएशन स्याङ्जाका अध्यक्ष दयाराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ४ का सदस्य प्रदीप रेग्मीले धन्यवाद एवं सचिव कृष्णप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...