अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

स्याङजामा ४ प्रदेश स्तरिय साखा विस्तार,

news

रेडियो आँधीखोला,
वालिङ, ४ भाद्र ।
भुमि ब्यवस्था, कृषि तथा सहरकारी मन्त्रालय गण्डकी प्रदेशले स्याङ्जाका ४ स्थानमा बिभिन्न कार्यालयका प्रदेश स्तरिय शाखा स्थापना गरेको छ । मन्त्रालयले पशुपंक्षि तथा मत्स्य बिकास निर्देशनालय अन्र्तगत २ र कृषि बिकास निर्देशनालय अन्र्तगत २ कार्यालय स्थापना गरेको हो । 
पशु तथा मत्स्य बिकास अन्र्तगत मिर्मीमा मत्स्य बिकास केन्द्र र भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्थापना गरिएको हो । मत्स्य बिकासले प्रदेशका ११ वटा जिल्ला र भेटेनरीले स्याङ्जा जिल्ला हेर्ने छ । त्यस्तै कृषि बिकास निर्देशनालय अन्र्तगतका रेशम बिकास केन्द्र वालिङ र पुतलिबजारमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । 
रेशम बिकासले स्याङ्जा र कृषि ज्ञान केन्द्रले स्याङ्जा र कास्की जिल्लालाई हर्ने मन्त्रालयका कृषि बिकास महाशाखाँ प्रमुख माधब प्रसाद लम्सालले बताउनुभयो । कार्यलयको शुभारम्भ गर्दै गण्डकी प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहरकारी मन्त्री लेखबहादुर थापाले चाडै निती बनाएर सेवा प्रदान गर्ने बताउनुभयो । 
उहाँले नितीको अभावमा सेवाबाट सेवाग्राही प्रभावित भएको बताउदै एक महिना भित्र बन्ने नितीले धेरै मागलाई पुरा गर्ने बताउनुभयो । गरि खानेको लागि निती बन्ने बताउदै मन्त्री थापाले काम गर्नेलाई सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश बिधान समितिका सभापती मोहन रेग्मी, प्रदेश सभा सदस्य दिपक चर्ति मगर, जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दास, मन्त्रालयका सचिब शरदचन्द्र श्रेष्ठ, पुतलिबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, बरिष्ठ कृषि बिकास अधिकृत तेज प्रसाद दवाडी, बिनोद हमाल, भिम पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो । प्रदेश मन्त्रालयले कार्यालयको शुभारम्भ स्याङ्जाबाट गरेको हो 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...