अहिले तरंगमा

Bhanchhin Aama

केहि छिनमा

Nepal Bani Khabar

समाचार

पुतलीबजार नगरपालिकाको तेस्रो चौमासिक सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न

news

रेडियो आँधीखोला,
वालिङ, ४ भाद्र ।
पुतलीबजार नगरपालीका स्याङजाले आ.व. २०७४ २०७५ मा बिषयगत निकायले प्रदान गर्ने सेवा सुविधा र प्रभावकारीता विषयक तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 
सेवाग्राहीबाट आएको प्रश्नको जवाफ दिदैनगरपालिकाका प्रमुख सिमा कुमारी क्षेत्रीले आ.व. २०७४ २०७५ मा विनियोजित वजेट तथा योजना सत प्रतिशत रुपमा पूर्ण भएको बताउनुभयो । शिक्षा ,स्वास्थ्य , बाटो ,खानेपानी , कृषि ,पशुपालन लगायतका बिकासको लागी बजेटको व्यवस्था गरी सोही काममा खर्च भएको बताउनुभयो । 
अबको ४ बर्षमा वडाबाट प्राथमिकतामा परी आएका योजनालाई क्रमबद्घ रुपमा कार्यान्वयन गर्दै जाने रनगरपालीकालाइ हराबरा बनाउने उद्येश्य रहेको बताउनुभयो ।
कार्यक्रममा आएका प्रश्नको जवाफ दिदै नगरउप प्रमुख महेश पुरीले नगरपालिकाबाट आवश्यक कानुुन निर्माण गर्दै सो कानुनलार्इृ कार्यान्वयनमा ल्याई पुतलीबजार बासीकोहितको लागी काम गर्ने बताउनुभयो ।नगरपालीकामा आएका सामान्य किसिमका घटनाहरु मिलेमतोमा टुङ्गिएको भन्दैअन्यायमा परेकालाई पुतलिबजार नगरकार्यपालिकाले न्याय दिने ठोकुवा गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जव्वर अलि मियाले आ .व. ०७४ ७५ को तेस्रो चौमाससिक गतिविधि , कार्ययोजना ,प्रकृया र कार्यान्वयनको बारेमा जानकारी गराउदै नगरपालीकाले आव २०७४ ७५ मा विभिन्न शिर्षकमा निकासा रकम तर्फ केन्द्रिय अनुदान २३ करोड ४६ लाख ५ हजार मध्ये खर्च २३ करोड  १५ लाख ५२ हजार , राजश्व वाडफाड तर्फ कुल बजेट १ वजेट करोड ३० लाख मध्ये खर्च १ करोड २०  लाख , आन्तरीक आय तर्फ कुल बजेट ७८ अठहत्तर लाख मध्ये खर्च ३० भएको  बताउनुभयो  ।
पुतलीबजार नगरपालीको कुल बजेट २५ करोड ५४ लाख ५ हजार रहेको मध्ये २४ करोड ६५ लाख ५२ हजार खर्च भएको र ८८ लाख बाँकी रहेको बताउनुभयो । 
सेवाग्राहीको तर्फबाट मित्रबन्धु पोखरेल, टिबहादुर थापा ,कृष्णप्रसाद पोखरेल चुडामणी पोखरेल, सागरविक्रम शाह , चिरन्जिबि गौतमलगायतले नगरपालीकाका सबल र दुर्लब पक्षमा बोल्नुभएको थियो  । 
सार्वजनिक सुनुवाईमा नगरका राजजिनिति दलका प्रमुखहरु,वडा  अध्यक्षहरु,यूवा क्लबका प्रतिनिधि,आमा समुह  स्थानिय बासीहरु लगायत विभिन्न सघं सस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।  
पुतलीबजार नगरपालीकाको आयोजना र वागेश्वरी असल सासन क्लब  बास शाखा स्याङ्जा शााखाको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन एंव सहजीकरण बास स्याङ्जा शाखाका अध्यक्ष चुत्रबहादुर महत एसिवले गर्नुभएको थियो भने स्वागत १३ कावडा अध्यक्ष एवम् नगर प्रबक्ता ख्याम नारायण अधिकारीले गर्नुभएको थियो ।  सार्वजनिक सुनुवाई कार्यक्रममा  नगरपालिकाले ४ बुदे साझा सार्वजनिक प्रतिबद्घता घोषणा पत्र २०७५ समेत घोषणा गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...