अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

ट्याक्सी चालकको हत्या गर्ने अभियुक्त ९ वर्षपछि पक्राउ

रेडियो आँधीखोला,
वालिङ, ४ भाद्र ।
९ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने अभियुक्त मध्येका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । स्याङ्जाको हालको गल्याङ नगरपालिका १ ढाबखोलास्थित सिद्धार्थ राजमार्गमा हत्या गरी लास बाटोबाट तल फालेको अवस्थामा फेला परेको थियो ।
 
वडा प्रहरी कार्यालय वालिङले हिजो पत्रकार सम्मेलन गरी ट्याक्सी चालक कास्की जिल्ला साविक कृस्ति नाच्नेचौर गाविस २ हालको पोखरा लेखनाथ महानगरपालिका ३० नम्बर घर भई सोही महानगरपालिका १७ मा डेरामा बस्ने वर्ष १८ का सुजन गुरुङको हत्या गर्ने गुल्मी साविक फोक्सिङ गाविस ६ हालको कालीगण्डकी गाउँपालिका ५ बस्ने नेपाली सेनामा कार्यरत वर्ष ३५ का गोविन्द थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
 
२०६६ चैत्र २९ गते राति १० बजे पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ३९६० नम्बरको कार रिजर्व गरी आएको र भाडाका विषयमा विवाद हुँदा गोविन्द थापा र अर्का एक जनाले कार चालकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । 
 
प्रहरीले कर्तब्य ज्यान मुद्धाका अभियुक्त गोविन्द थापालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले साउन ११ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो । घटनाकाबारेमा अनुसन्धान भईरहेको र फरार अर्को अभियुक्तको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकरप्रसाद आचार्यले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...