अहिले तरंगमा

केहि छिनमा

Bhanchhin Aama

समाचार

जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी स्याङजामा

रेडियो आँधीखोला, 
वालिङ, ५ भाद्र ।
जिल्ला समन्वय समिति स्याङजाले आर्थिक बर्ष २०७४÷०७५ को जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी सोमबारदेखी सुरु गरेको छ । विगतका कामकारवाही र आगामी कार्य–योजनाका विषयमा छलफल गर्ने उदेश्यले दुई दिने गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा प्रदेशसभा सांसद मोहनप्रसाद रेग्मी, सांसद मिनप्रसाद गुरुङ, सांसद दिपक चर्तीमगरको पनि उपस्थिती रहेको छ ।  
सोमबार भएको पहिलो दिनमा जिल्लास्थित सरकारी तथा गैह्रेसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्ना कार्यालयहरुले विगतमा गरेका कार्यप्रगति र आगामी निति तथा कार्यक्रमका बारेमा प्रकाश पारेका छन् ।  जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख दिलिप बगाले र सञ्चालन समन्वय अधिकारी विश्वप्रकाश अर्याल र योजना तथा प्रशासकिय अधिकृत गोपीकृष्ण अर्यालले गर्नुभएको थियो । त्यस्तै मंगलबार जिल्लाका ११ वटै स्थानीय तहबाट संचालित बार्षिक कार्यप्रगति र आगामी योजनाका बारेमा जानकारी गराउँदैछन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...