अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Aadhunik Sangeet Bahar

समाचार

वालिङबाट १ सय ६० जनाले लिए, जेष्ठ नागरिक परिचय पत्र

कला राना, 
वालिङ, ५ भाद्र ।
स्याङजाको वालिङ नगरपालिकाबाट १ सय ६० जना जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । मुलुक संघिय संरचनामा गईसकेको अवस्थामा हरेक क्षेत्रका साखाहरु स्थानीय तहमै स्थापित भएसंगै नगरपालिकाबाट १ सय ६० जनाले जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । गत असार २२ गतेबाट नगरकार्यपालिकाले ६० वर्ष माथिका वृद्धवृद्धाहरुलाई जेष्ठ नागरिक परिचय पत्र वितरणको शुरुवात गरेको थियो । महिला तथा बालबालिका कार्यालय स्याङजाबाट वितरण गरिँदै आईएको जेष्ठ नागरिक परिचय पत्र अव स्थानीय तहमै उपलब्ध भएको छ । 
स्याङजामा जेष्ठ नागरिक परिचय पत्र गत वर्षको भदौबाट महिला तथा बालबालिका कार्यालयबाट वितरण शुरु गरिएको थियो । जेष्ठ नागरिक परिचय पत्रबाट वृद्धवृद्धाहरुले स्वास्थ्य तथा यातायातमा ५० प्रतिशत छुट पाउने महिला तथा बालबालिका साखाकी मन्जु ढुङगानाले बताउनुभयो । वालिङ नगरपालिकाभरी अनुमानित ५ हजार ६० वर्ष उमेरमाथिका जेष्ठ नागरिकहरु रहेको अनुमान गरिएको छ । 
यद्यपी जेष्ठ नागरिक परिचय पत्रबाट स्वास्थ्य र यातायातमा ५० प्रतिशत छुट दिने भनिएपनि कार्यान्वयन भएको पाँईदैन् । यसमा सम्बन्धीत सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...