अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्रजातन्त्रीक सेनानी गिरीको ९८ वर्षको उमेरमा सोमबार निधन

रेडियो आँधीखोला, 
वालिङ, ५ भाद्र ।
नेपाली कागे्रसका सक्रिय सदस्य  तथा प्रजातन्त्रीक सेनानी राम गिरीको ९८ वर्षको उमेरमा सोमबार निधन भएको छ । पुतलीबजार नगरपालिका १४ लामागेका गिरीको आफ्नै निवासमा निधन भएको हो । स्व. गिरीको पार्थिव शरीरमा कागे्रसको झण्डा ओढाउँदै कागे्रसका सचिव कुमार राना, महासमिति सदस्य तुलसी गिरी लगायतले गिरीको निधनले एक अभिभावक गुमाएको भन्दै भावपुर्ण श्रद्धान्जली व्यक्त गर्नुभएको थियो । 
 
स्व. गिरीले राणा विरुद्धको आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नुभएको थियो । कागे्रस पार्टीमा रहेर धेरै समय लोकतान्त्रीक अभ्यासमा लागी गिरीले योगदान पु¥याउनुभएको थियो । गिरीको पार्थिब शरिरलाई नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखेर श्रद्धान्जली दिइएको थियो । गिरीका हाल एक पत्नी ५ छोरा र ८ छोरी हुनुहुन्छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...